कविता
देख्छु क्षणभरको जिन्दगी
एउटा त्यान्द्रो आयुभित्र ,
प्राणी जीवनको रुपमा ,
नारी हुने सौभाग्य मेरो,
इस्वरको रचना अनमोल अँहो ! ,
जननी नामले आफुलाई धोषणा गर्न ,
अमुल्य मानव जीवन पाएकी छु,।
अनि ,
मस्तिष्कमा उदाएका बिहानी बोकेर ,
घास र दाउको खोजीमा,
बन जंगल चाहार्दा पनि ,
देख्छु सबै बाझो र उजाड
पसिनाले निथुर्क्क भिजेको थकित शरीर ,
एकछाक आत भराउने अभिलाश मेरो,
सन्तानको प्यासको तृष्णा मेटाउन कठिन ,।
जे होस
चेतनाले धपधपी रापिदै छु,
मडारिएका वादलभित्र पनि ,
मूर्खताको घामले पिल्सिदै छु ,
मेरा यी नलिका खुट्टाहरुमा ,
रक्तकोष सुक्न नपाउदै,
हजारौ कठिन यात्राहरुसंग,
पिडा र चोटहरु,
बेदनाका कुठित बाणहरुले,
पलपल घोचिदै पिरोल्दा पनि ,।
"म"
रतिभर आत्तिएकी छैन,
पेट भरि खान नपाउदा पनि,
मेरो सँघर्षका यात्राहरु ,
कम्बरमा पटुका कसेर ,
आफ्नो कर्म र कर्तब्य गर्न अग्रसर छन्,
खुशी आउने छ एकदिन
जब मेरो सन्तानलाई म ,
स्वाभिमानी बनाउने छु
त्यो बेला पनि म ,
मात्तिने छुइनँ न खुशीले पात्तिने नै छु ,।
किन कि ,
यी प्रकाश पूंज देख्ने आखाँहरु,
यताउता नचाउछु,
संसार निहाल्ने मनभित्रका अठोटहरु
परस्थितिसंगका चुनौतीहरुले,
संधर्ष गर्दै अगाडी बढ्न ,
मेरो ब्रह्म अनि यो शरीरका अंगहरुलाई,
परिचालन गर्न लागि परेकिछु,।
अनि,
समयसंग चल्नु छ र आफैमा ढाल्नु छ,
त्यसैले मेरा कर्मका गोडाहरू ,
उफ्रिदै एउटा उमंग बोकेर ,
मरभुमी सम्म आएका छन ,
असह्यको सेवा गर्न पाउँदा
खुशीले गर्व गरि रहेकी छु
छोरी भएर जन्मिए तर ,
जिम्मेवारी छोराभन्दा पनि कठिन
म रतिभर पनि नहिच्किचाई ,
जीवनसंग लडी रहेकी छु ।
किन कि मलाइ थाहा छ,
म धेरै बाच्दीन ,
तर जतिन्जेल बाच्छु
अरु प्राणी झैँ,
म भुसुना भएर होइन,
किरा फेटन्ग्रा भएर होइन,
एक सँघर्षशील आमा बनेर,
देशको शान र गौरब बनेर मर्नु छ ,
मरेर पनि जिउनु छ,।
हो मलाई थाहा छ,
जन्मनुको अर्थ मर्नु हो,
त्यसैले पनि म मानबको रुपमा
एक उदारहण जननी भएर ,
आफ्नो अस्तित्व राख्दै ,
म को हुँ ?
किन जन्मे नारी भएर ?
मेरोलागि बहुमुल्य प्रश्न बनेको छ ,
त्यसैले म निहाल्छु कर्म र कर्तव्यलाई,
म किन यो धर्तीमा आएकी हुँ?
किन र कसको लागि जन्मेकी हुँ ?
अब मैले कसको लागि बाच्नु छ ,,
मैले कसको लागि बाच्नु छ ?
निशा खनाल अर्याल
राजविराज, सप्तरी
हाल, इजरायल