वीरगंज/महिला नवजागरण सस्था पर्साले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २५ मनिहारीमा १५ दिने व्युटिशियन तालिम बुधदेखि शुरु गरेको छ ।
तालिमको उदघाटन मधेशी जनअधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले गर्नु भएको थियो । तालिमको उदघाटन गर्दे अध्यक्ष यादवले महिलाहरुको शिप, विकास र आर्य आर्जनमा विशेष ध्यान दिने बताउनु भएको छ । नगरपालिका घोषणा गरेर सरकारले मधेशी जनता संग कर असुल्ने काम गरेको तर विकास निर्माण लगायतको काममा कुनै प्रकार सहयोग नगरेप्रति सरकारको कार्य प्रति आलोचना गर्नुभयो ।
अध्यक्ष यादवले कर असुल्ने मात्र काम नभई विकास निर्माणको कार्यमा नगरपालिकाले सहभागिता जनाउन माग समेत गर्नुभयो । अध्यक्ष यादवले मधेशको महिलाहरु जागरुक नभए सम्म मधेशको विकास नहुने भएकोले महिलाहरुलाई जागरुक हुन आग्रह गर्नुभयो ।
उहाले राज्यको दोहोरो नितिका कारण रोजगारी तथा शिक्षामा मधेशीहरु पछि परेको आरोप समेत लगाउनु भयो । सस्थाकी अध्यक्ष मिनी सिंहको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्थानिय गाउका अगुवाहरु राम प्रसाद गौढ, पृथ्वी नारायण चौरसिया, भुलन महतो, खोबारी यादव लगायतको सहभागिता रहेको थियो ।
तालिमका सहभागि २५ जना महिलाहरुलाई प्रशिक्षक द्धय अनिता श्रीवास्तव र सम्झना अधिकारीले संयुक्त रुपमा तालिम दिई रहेका छन । सस्थाको सदस्य अब्दुल कैशले सहजीकरण गरेको तालिम उदघाटन कार्यक्रममा स्वागत सुनिता साहले गर्नुभएको थियो ।
फोरम नेपालका सभासद श्रवण अग्रवालको संसदीय कोषबाट प्राप्त सहयोगबाट सो तालिमको आयोजना गरिएको आयोजक सस्थाले जनाएको छ ।
प्रकाशित मितिः२०७२ वैशाख ०३ गते बिहीवार