वीरगंज, १७ वैशाख/
गत शनिवार आएको महाविनाश र प्रलयकारी भूकम्पबाट घरबार प्रभावितहरूकालागि देश विदेशबाट राहत तथा उद्धार कार्य भइरहेको समयमा वीरगंजका सम्पूर्ण लायन्स क्लवले पनि राहत सामग्री संकलन गरेर प्रभावित क्षेत्र धादिङ तर्फ पठाएको समाचार जानकारीमा आएको छ । लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानुले दिनु भएको जानकारी अनुसार विभिन्न लायन्स सदस्यहरूबाट संकलित करिब ८ लाख मूल्य बराबरको राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको थियो ।
लायन्स क्लवले दुई वटा ट्रकमा लोड गरि बुधवार पठाएको राहत सामग्रीहरूमा ७०० पिस त्रिपाल, टेन्ट, ४ क्वीन्टल च्यूरा, ४ हजार किलो भूजा, ४०० किलो सख्खर, ६० कार्टुन बिस्कुट, ७०० किलो चाउचाउ, ८०० किलो आलु, प्याज, मसला, मैनबत्ती, सलाई, खानेपानी, लत्ता कपडा लगायतका सामग्रीहरू रहेको थियो ।
त्यसैगरी लायन्स क्लव अफ जितपुर/सिमराले पनि संयुक्त रुपमा बुधवार ४ लाख ७५ हजार पाँच सय बराबरको सामग्री धादिङ बेसी तर्फ पठाएको छ ।
त्यस्तै बिहीवार पनि करिब पौने तीन लाख बराबरको सामग्रीहरू नौबिसे खानीखोला पठाइएको लायन्स क्लव अफ जितपुर सिमराका प्रेसिडेन्ट मन्तोष चौधरीले जानकारी दिनुभयो । त्यसमा गजुरीमा एकलाख ११ हजार पाँसयको र अर्को तीन लाख ७५ हजारको अर्को सामग्री धादिङ तर्फ गएको थियो ।
जितपुर–सिमरा लायन्सले पठाएको राहत सामग्रीमा पनि टेन्ट, त्रिपाल, डोरी, चाउ चाउ, एक ट्रक खानेपानी, च्यूरा, चाउचाउ, दालबुट, बिस्कुट, प्लाष्टिक लगायतका लगायतका खाद्य सामग्रीहरू नै रहेको थियो ।
बुधवार धादिङ बेसीमा गएको राहत सामग्री अहिलेसम्मकै पहिलो रहेको प्रेसिडेन्ट चौधरीले जानकारी गराए ।
जोन चेयर पर्सन रामेश्वर रौनियार, होम बहादुर क्षेत्री, लायन रामनिवास, लायन संजय लगायतको टोली राहत सामग्री लिएर गएको थियो भने
वीरगंजबाट आइडी इन्डोर्सी सन्जय खेतान, डिस्ट्रिक्ट गभर्नर रमेश अग्रवाल, डिस्ट्रिक्ट सेक्रेटरी डिएन अग्रवाल, रिजन चेयर पर्सन देव चौधरी, चिफ एरिया को आर्डिनेटर विजय गुप्ता, डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानु तथा विभिन्न लायन्स क्लवका सदस्यहरू संदीप केडिया, धिरज दारुका, मनस सिस्का, मनोज बावरी, मुकेश खेतान, संजय मारु, गौरव अग्रवाल, राधेशश्याम खेतान, हरिन्द्र प्रसाद गुप्ता, चन्द्र शेखर पटेल, रामेश्वर प्रसाद गुप्ता, रामप्रवेश सिंह, दिपेन्द्र उपाध्याय, प्रजय हरलालाका, विनित जैयसवाल, गणेश बगारिया भवरलाल पारिक, नेपाल रेडक्रस सोसाइटीका मदन गुप्तालगायतहरूको सहभागितामा राहत सामग्री संकलन गरिएको थियो ।
विश्वकै सबन्दा ठूलो र मूख्य सेवामुखी क्लवको रुपमा स्थापित लायन्स क्लवले आवश्यक परेको खण्डमा लगातार यस किसिमका राहतहरु उपलब्ध गराइरहने जनाएको छ ।