- जनकमान डंगोल
बोलाउने नाउँ आमात (Amat) भएता पनि नागरिकतामा उसको नाऊँ पाईमान बिन सिनोजिरान थियो . त्यो भनेको पाईमान भनेको उसको नाम अनि पछाडी बिनको अर्थ अंग्रेजीमा @ जस्तै हुन्छ भने सिनोजिरानले बाबुको नाम भनेर अर्थ लाग्छ अर्थात सिनोजिरानको छोराको नाम पाईमान हो . मलेसिया, सिंगापुर, ईन्डोनेसिया, ब्रुनाई तिर व्यक्तिको नाम राख्ने चलन यस्तै गरि राखेका हुँदा रैछन . हाम्रो नेपालमा जस्तो नामको पछाडी थर राख्ने चलन नहुने रैछ .
इन्डोनेसियाको जावा ईलाकाको बासिन्दा हुन पाईमान र रोजगारको सिलसिलामा सन १९८८ मा सुरुको दिनमा डकर्मीको रुपमा मलेसिया प्रबेस गरेको पाईमानले सोहि बर्ष मलेसियाली अंगिकृत नागरिकता समेत लिन सफल भएको रैछ .
मलेसियामा रहंदा बस्दा सुरुमा डकर्मी कामको साथ साथै कम्पनीको हल्का साना सवारी हाक्न सिकेछन र पछी ठुला ट्रक समेत चलाउन सक्षम भै सके पछि भारि सवारी चालकको अनुमति पत्र हासिल गरेर डकर्मी पेसालाई तिलान्जली दिंदै चालकको पेसा अंगाल्न सन १९९० देखि सुरु गरेका रैछन .
पंक्तिकार पनि सन २००४ डिसेम्बर ९ तारिखमा मलेसिया प्रबेस गरेको हो . मलेसिया प्रबेस पश्चात रोजगार दिने सेक्युरिटी सर्भिसले जोहोर राज्यको बातुपाहात जिल्ला सदरमुकाममा रहेको सियांग लेन आक्वारियम कम्पनीको सोरुममा रात्रिको सुरक्षा गार्डको काममा सन्ख २००५ जनवरी १ देखि खटाएको थियो . पाईमान पनि उक्त सियांग लेन कम्पनीको ट्रक चालक तथा सेल्सम्यानको पदमा कार्यरत रैछन .
रहँदै बस्दा चिनजान भयो . पंक्तिकार नयाँ नयाँ कुरा जान्न ईक्छुक तर भाषाको समस्या हुन्थ्यो . पाईमान लगायत केहि स्थानीय मलाय कामदारले भाषा बुझाउन मद्धत गर्थे . पंक्तिकारले गलत सब्द प्रयोग गर्ना साथ उदाहरण दिएर यस्तो हो भनेर भाषा सुधार्न मद्धत गर्थे .
मैले सुरुमै पाईमानको मलेसियाली नागरिकता सम्बन्धि उल्लेख गरे . मलेसियामा पनि नेपालमा जस्तै नागरिकताको बर्गिकरण छ अर्थात बंसज, जन्मसिद्ध, अंगिकृत र मानार्थ .
पाईमानले पछी आफनै देस ईन्डोनेसिया गएर बिवाह गरेका रैछन . बिवाह पश्चात श्रीमतीलाई पनि आफु काम गर्ने कम्पनीमै साधारण कामदारमा झिकाए . पाईमानले बिवाह आफ्नै जन्मथलो ईन्डोनेसियामा गएर गरे तर मलेसियाली सरकारले पछी आप्रबासी कामदारलाई कडाई गरेको हुनाले मलेसियाली नागरिकता श्रीमतीलाई दिएन किनभने पाईमान स्वयमको नागरिकता अंगिकृत थियो .
पाईमान दम्पतीले मलेसियामै १ छोरी जन्माए . छोरी जन्मे पश्चात जन्मदर्ता भयो . पाईमान दम्पतिको छोरी अब मलेसियामा जन्मसिद्ध नागरिकको हकदार बन्न सफल भयो तर पाईमानको श्रीमतीले मलेसियाको नागरिकता प्राप्त गर्न सक्दैन किनभने पाईमानको श्रीमती ईन्डोनेसियाका बंसज नागरिक भएकोले पंक्तिकार जस्तै वर्क परमिट भिषामा मलेसियामा श्रम गर्न बसेका हुन .
पंक्तिकार यहि २३ फरवरी २०१५ मा मलेसिया बाट नेपाल फर्किने समयमा पाईमानले नै विमानस्थल सम्म पुर्याउन आएका थिए . कम्पनि देखि विमानस्थल सम्म झन्डै ३ घण्टा ३० मिनेट समय लाग्ने भएकोले पट्यारलाग्दो समय कटाउने हेतुले ‘मलेसियामा नागरिकता सम्बन्धमा के कस्तो ब्यबस्था छ’ भनेर जिज्ञासा प्रकट गरेको थियो .
पाईमानले नागरिताको बिषयमा यात्राको दौरानमा बडो चाखलाग्दो कुरा सुनायो जुन नेपालको हकमा पनि कामलाग्लाकि भनेर यो आलेख मार्फत प्रस्तुत गर्दैछु .
पाईमानको भनाई अनुसार मलेसियामा अंगिकृत नागरिकताधारी हरुलाई मलेसियामा श्रम गर्दा कुनै शुल्क बुझाउनु पर्दैन . सवारी खरिद बिक्रि गर्न पाईन्छ . निर्वाचनमा मत दिने अधिकार छैन भने अंगिकृत नागरिकताधारीले मलेसियामा घर जग्गा खरिद बिक्रि गर्न समेत पाउदैनन .
पाईमानको भनाई सुनेर पंक्तिकार अच्चमित हुँदै सोध्यो त्यसो भए तपाईको श्रीमतिले अब मलेसियाको नागरिकता नपाउने भए पछी श्रम अबधि समाप्ति पछी के हुन्छ ? पाइमानले सजिलै जवाफ दियो फर्केर ईन्डोनेसिया जान्छे . त्यो भन्दा अरु कुनै उपाय छैन . अनि छोरीनि ? छोरी त मलेसियाली जन्मसिद्ध नागरिक भई सक्यो . जन्मसिद्ध भै सके पछी मलेसियाको नियम कानून अनुसार निर्वाचनमा मत दिन पाईन्छ . मत दिन पाए पछी उसले यता घर जग्गा खरिद बिक्रि समेत गर्न सक्छे .
पाईमानको कुरा सुनेर पंक्तिकार बडो अच्चम्ममा पर्यो . नागरिकता भनेको त यस्तो कडा नियम अनुसारको पो हुनुपर्ने रहेछ तर नेपालमा नागरिकताको सवालमा भएको भद्रगोल चाला देखेर पंक्तिकार जस्तै असंख्य नेपालीहरु गम खानु स्वाभिबिकै हो .
२०४६ सालको प्रजातन्त्रको आगमन र त्यस पछाडीको लोकतन्त्र पछी अंगिकृत नागरिकताधारीहरु संसदीय निर्वाचनमा उठेर संसद देखि मन्त्रि सम्म पटक पटक बनेको देख्दा नेपाली नागरिकता ऐन देखेर पुस्तौंदेखि बसोबास गर्दै आएका रैथाने नेपालीहरुले अब प्रश्न गर्ने बेला भयो कि भएन ?
नागरिकताको हकमा जसरि मलेसियाली सरकारले कडा नियम बनाएर लागु गरेको छ त्यसै गरि नेपाल सरकारले पनि कडा नियम बनाएर पारित गर्न किन सक्दैन ? अंगिकृत नागरिकताधारी हरुका सन्तान जब सम्म जन्मसिद्ध नागरिक बन्न सक्दैन तब सम्म मलेसियामा झैँ गरि अंगिकृत नागरिकताधारी हरुलाई जग्गा खरिद बिक्रिमा प्रतिबन्ध देखि निर्वाचनमा मत दिन समेत रोक किन नलगाउने ? यो बिषयमा अब पनि गम्भीर बन्ने कि नबन्ने ? त्यसैले समयमै नागरिकताको बिषयमा सबैको ध्यान जानु जरुरि भै सकेको छ .
प्रकाशित मितिः२०७१ चैत्र ५ गते विहीवार