लायन्स क्लवद्वारा नि:शुल्क आँखा शिविरको आयोजना

वीरगंज ।
समाजसेवी महिला पुरुष जोडिहरुको समुह भएको लायन्स क्लव अफ
वीरगंज कपलद्वारा  छपकैया स्थित ताराचन्द माविमा नि:शुल्क आँखा शिविरको आयोजना गरिएको छ ।

क्लवका अध्यक्ष संजय केडियाको सभापतित्वमा आयोजना गरिएको सो आँखा शिविरि परीक्षण शिविरमा जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै “आफ्नै आर्थिक लगानीमा लायन्स क्लवले लेन्ससहितको नि:शुल्क मोतिबिन्दु शल्य चिकित्सा गराउन लागेकोमा सराहना गर्दै धन्यवाद दिनुभयो ।




कार्यक्रममा डिस्ट्रिक्ट केबिनेट सचिव डि.एन. अग्रवाल, लायन्स आजिवन सदस्य आर.एस. खेतान, प्रकाश बाहती, निनित जायसवाल, डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानु, उषा खेतान, ताराचन्द शर्मा, सुनिता शर्मा, वीरेन्द्र मुन्द्रा, नविन मित्तल, विनोद अग्रवाल, बबिता अग्रवाल, रितु मित्तल, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि लगायतको उपस्थितिमा ३८० जनाको आँखा परीक्षण गरियो ।

वीरगंजको परवानीपुरमा रहेको केडिया आँखा अस्पतालका डा. शिवशंकर प्रसाद, गजेन्द्र देव, विजय साह, राजेश अधिकारीलगायतको टिमद्वारा परीक्षण गरिएको थियो । त्यसमध्ये १०२ जना रोगीहरुको आर एम केडिया आँखा अस्पतालमा लेन्ससहित नि:शुल्क शल्यक्रिया गरिने लायन्स क्लवका सचिव मुकेश खेतानले जानकारी दिनुभयो ।


SHARE THIS

Author:

Facebook Comment