क्षेत्र बिकास कार्यक्रमको बजेट सार्वजनिक

प्रदिप गौतम।
सिमरा । युवा तथा खेलकुद मन्त्रि पुरुषोतम पौडेलले आर्थिक वर्ष २०७१/०७२ को निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र बिकास कार्यक्रमको बजेट सार्वजनिक गर्नुभएको छ । निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम तर्फ बाराको उत्तर झिट्कैया वडा न २ स्थित चोकदेखि पुर्व जाने बाटोको पिपिसि ढलानका लागि १० लाख, दोहोरि वडा नम्बर १ र २ को सामुदकियक भवन निमार्णका लागि १० लाख, भोडाहा गाबिसदेखि बजार जाने बाटोको ढालान गर्न १० लाख, मनर्हवास्थित बडर्हवाको नेरानिमाविको भवन निमार्णका लागि १० लाख, डुमरवना कलेजको अधुरो भवन निमार्णका लागि १४ लाख, सिमरा कलेजको अधुरो भवन निमार्णका लागि ८ लाख, अमलेखगञ्ंजको बृद्धामार जानेबाटो ढलान गर्न १० लाख, रतनपुरिलालस्थित नेपाल राष्ट्रिय उच्च माद्यामिक बिद्यायको भवन निमार्णका लागि १० लाख, निजगढस्थित गौरिसंखर क्यापसका लागि ८ लाख र भरतगञ्ज सिङ्गोलस्थित सरस्वति निमाविको भवन निमार्णका लागि १० लाख गरी १ करोड रकम छुटाईएको छ । बारा क्षेत्र नम्बर ६ का सभासद पुरmषोतम पौडेलको अध्यक्षतामा समपन्न बैठकमा समानुपातिक सभासद मधु शाहि, दिलमाया धामि, स्थानिय बिकास अधिकारि राजेन्द्रदेव पाण्डे लगाएतको उपस्थिति रहेको थियो । योजनामा बिनियोजन गरिएको रकम र छनोट गरिएको योजना सर्वसम्मतिबाट पारित भएको बैठकमा सहभागि एमाले बाराका प्रशिक्षण बिभाग प्रमुख मनोज पौडेलले जानकारि दिनुभएको छ ।


SHARE THIS

Author:

Facebook Comment