सामाजिक सेवामा लायन्स क्लवको योगदान बढ्योः ४५० जनाको निःशुल्क आँखा परीक्षण

वीरगंज, १० माघ ।
वीरगंजका लायन्स क्लवहरूले केही समय यता समाज सेवाको कामलाई निरन्तरता दिन थालेको छ । यसै क्रममा शनिवार वीरगंजका सम्पूर्ण लायन्स क्लवले संयुक्त रुपमा नि:शुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरेको छ ।
पर्साको बेल्वा गाविस स्थित स्कूलमा आयोजना गरेको सो नि:शुल्क आँखा जाँच शिविरमा ४५० ज

नाले आँखाको परीक्षण गराएका थिए । परीक्षणबाट एक सय १० जना मोतियाबिन्दुका रोगी फेला परेको लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले जानकारी दिनु भयो ।
डिस्ट्रिक्ट चेयर पर्सन कानुले दिनुभएको जानकारी अनुसार ती सबै मोतियाबिन्दूका विरामीहरुको आँखाको शल्यक्रिया परवानीपुरस्थित केडिया आँखा अस्पतालमा आइतवार र सोमवार गरिने भएको छ । अन्य सामान्य विरामीहरुलाई परीक्षण स्थलमै औषधि वितरण गरिएको थियो ।
केडिया आँखा अस्पतालका तीन जना चिकित्सकहरूले संयुक्त रुपमा परीक्षण गरेको सो नि:शुल्क आँखा परीक्षण शिविरमा लायन्स क्लवका राम विहारी पाण्डे, मुकेश खेतान, बिनित जयसवाल, प्रजय हरलालका लगायतका लायन्स सदस्यहरुको सहभागिता रहेको थियो ।
यसरी उच्च र नि:स्वार्थ सेवाको भावनाले कहिले कम्बल वितरण, कहिले छात्रवृत्ति, कहिले फलफूल र शैक्षिक सामग्री, कहिले न्यानो लुगालगायतका सामग्री वितरण गरी समाजका निम्न वर्गका समुदायको उत्थानमा सहयोग गर्ने कार्य प्रशंसनीय भएको चर्चाले व्यापकता पाएको छ ।


SHARE THIS

Author:

Facebook Comment