धर्म बिटुलिनुमा दोषी को ?

–जनकमान डंगोल


धूर्त, चलाख देखि फटाहा सम्म सबै जातिमा हुन्छन र छैनन भनेर भन्न खोजिएको पनि हैन तर पनि विशेषगरी ब्राम्हणहरु आफ्नो कुल र जातिको प्रभावले गर्दा वाकपटुतामा अन्य जाति भन्दा माहिर हुन्छन यो देखिएको ध्रूव सत्य हो र यसमा कसैले हैन वा हुन सक्दैन भन्छन भने त्यस्तो भन्नेहरु अहँकारी देखि कपटी हुन भनेर बुझ्नु पर्दछ किनभने देखिएको सत्यलाई गलत भन्नु त्यो ठिक हैन ।

मेरो पिताज्यु २००० सालमा जन्मिनु भएको रे झ् उमेरको हिसाबले उहाँ ७१ वर्षको हुनुभयो । जातीले हामि नेवार अर्थात वैश्यमा पर्छौं भने थरीमा हाम्रो नेवार जातिको सिंह डंगोल हो ।
नेवारको डंगोल थरि भनेसी खेती किसानी गर्ने जाती अर्थात नेवारी भाषामा भन्नु पर्दा “ज्यापु” । ज्या भनेको काम गर्ने र पु भनेको मान्छे अर्थात खेति किसानी गर्ने ब्यक्तिलाई नेपाल भाषामा “ज्यापु” भन्छन् भनेर अथ्र्याउने गरिन्छ ।
हाम्रो समाजमा जो कमिला जस्तै मिहेनती र परिश्रमी हुन्छन् त्यस्ता मान्छेहरुलाई हेप्ने चलन छ । उदाहरणको लागी मेरै जात “डंगोल” लाई हेर्नुस् । हाम्रै नेवार जातिको उच्च थरीले हाम्रा जातिलाई खसालेर “ज्यापु” भन्छन् त्यो भनेको खेती किसानी गरेर काम गर्ने जाति अर्थात “चुत्थो” जाती । यी भए परापूर्वकाल देखि चल्दै आएको कुराहरु तर भाषालाई बिगारेर हेपेर बोले पनि नेवार जातिहरुले अहिले सम्म आÇनो पिता पुर्खा चल्दैदेखि आएको रितिथिति र संस्कार भुलेका छैनन् जसको पुख्ता प्रमाण जुन स्थानमा नेवार जातिको बसोबास छ त्यो स्थानमा बिभिन्न चाडपर्वमा देखाईने जात्रा तथा झाँकीहरु हुन् ।
हामी नेवारहरुको आÇनै गुरु पुरोहित छ तर राजधानी बाहेक अन्यत्र त्यस्ता गुरु पुरोहित नभेटिने भएकोले हिन्दु ब्राम्हणहरुको सहारा लिनु पर्ने बाध्यता छ तर विधि विधान एकै हो मात्र त्यसमा बोलिने भाषाको फरक मात्र भएकोले नेवार पुरोहित र ब्राम्हण पुरोहितमा कुनै अन्तर छैन ।
मैले होस सम्हालेदेखि मैले देख्दै आए अनुसार मेरो पिताज्यु दैनिक बिहान ५ बजे उठ्नु हुन्छ र त्यस पछी नुहाई धुवाई गरेर पूजापाठमा उहाँको १ घण्टा समय बित्छ । झरी परोस या बादल वा कठ्यांग्रिने जाडो नै किन नहोस मेरो पिताज्युले आज सम्म आÇनो बानी र व्यवहार छोड्नु भएको छैन । बरु ब्राम्हण पण्डितले यसरी नृत्यकर्म गर्लान वा नगर्लान त्यो आÇनो ठाउँमा होला ।
हामीहरुको पुजा आजा कर्मकाण्ड आदिलाई सफल पार्न ढकाल थरिका पुरोहित बाजे आउनु हुन्छ । केहि बर्ष अगाडी पुरोहित बाजे कालगतिले परलोक हुनु भयो अहिले उहाँको छोराले कर्म काण्ड गर्नु हुन्छ भने उहाँले पनि आÇनो जेष्ठ सुपुत्रलाई बनारसबाट कर्म काण्डमा दीक्षित गराउनु भएको छ ।
उमेरमा हाम्रो अहिलेको पुरोहित बाजे मेरो दाज्युको दौतरी हुनुहुन्छ होला तर हाम्रो घरमा आउनु हुँदा वा बाटोमा कहिँ कतै भेटघाट हुँदा पनि मेरो पिताज्युले अत्यन्त आदर गरेर प्रणाम गर्नु हुन्छ भने हामीले पनि अहिले सम्म पिताकै बाटो समातेको छौ र हाम्रो धर्मले ब्राम्हण पण्डित भनेको आदरणीय जाति हुन र आदरणीय जातिको अनादर गर्नु हुन्न भन्ने मान्यता छ ।
नेपालमा दोश्रो पटकको प्रजातन्त्र स्थापना २०४६ सालमा भयो र त्यो भन्दा अगाडी सम्म गाउँ समाजमा पण्डित पुरोहितका सन्तानहरुले आÇनो धर्म छाडेको देखिंदैन । मैले जाने र बुझे अनुसार नेपालमा कम्युनिष्टहरु पूर्ण संगठित भएर काम गर्न थालेको २०२८ साल देखि हो तर नेपालको कम्युनिस्ट गतिबिधि भनेर देखिएको २०३६ साल पछी हो । नेपालको राजनीति पार्टीमा कांग्रेस हुन या कम्युनिस्ट सबैमा ब्राम्हण जातिको हालीमुहाली छ । पार्टी वा संगठनमा लाग्नु पर्छ त्यो कुनै ठूलो कुरा हैन टर पार्टी र संगठन बनाउने भन्दै जातजातिको बीचमा बिष घोल्ने र आÇनो पार्टीको संगठन बढाउन देखि सदस्यता विस्तार गर्न अपनाईएको अस्वस्थ तथा घटिया क्रियाकलापले गर्दा धर्म र संस्कृतिमा परेको कुप्रभावको बारेमा वर्णन गरि साध्य छैन ।
कुरीति, बिकृति, विसंगति देखि छुवाछुत र भेदभावको अन्त्य हुनु पर्छ यसमा कुनै दुई मत छैन । हिजो पिता पुर्खाले लादेको यस्ता कामको विरोध गर्नु पर्छ । दलित भन्ने मन्दिर प्रवेश गर्न नदिने देखि छुवाछुत चैँ कायमै राख्ने तर राजनीतिक शक्ति बढाउने बेलामा दलित देखि जनजातिको बुद्धि भुट्ने काम त्यो ठिक बेठिक के हो ? हाम्रै राजनीतिक पण्डितहरुलाई थाहा होला ।
धूर्त, चलाख देखि फटाहा सम्म सबै जातिमा हुन्छन र छैनन भनेर भन्न खोजिएको पनि हैन तर पनि विशेषगरी ब्राम्हणहरु आÇनो कुल र जातिको प्रभावले गर्दा वाकपटुतामा अन्य जाति भन्दा माहिर हुन्छन यो देखिएको ध्रूव सत्य हो र यसमा कसैले हैन वा हुन सक्दैन भन्छन भने त्यस्तो भन्नेहरु अहँकारी देखि कपटी हुन भनेर बुझ्नु पर्दछ किनभने देखिएको सत्यलाई गलत भन्नु त्यो ठिक हैन ।
कुल र जति परम्परा अनुसार हिन्दु जातिमा ब्राम्हण भनेको धर्मको रक्षक देखि ज्ञाता भनेर बुझिन्छ । गाउँ समाजलाई धर्म र दर्शनको माध्यमबाट सहि दिशामा डोर्याउने काम र कर्तव्य भनेको ब्राम्हण जातिको हो र त्यसलाई अक्षरस: पालना गर्ने काम भनेको अन्य जातिको हो ।
हाम्रा पिता र पुर्खाहरुले बाँधिदिएको यो रिति थिति चलन २०४६ सालसम्म यथावतरुपमा कायमै थियो र यो नियमको अधिनमा रहंदा हाम्रो टोल छिमेकमा कुनै अशान्ती भएको थिएन किनभने धर्मले सबैलाई एकै सुत्रमा बाध्छ र अनुशासनमा राख्छ भनेर त्यसै भनिएको हैन ।
समाजवादको ठेक्का लिएको नेपाली कांग्रेस देखि कम्युनिस्टको विचारधारामा लाग्नेहरुले २०४६ साल पछी विस्तारै बिस्तारै धर्म भुल्न थाले त्यसपछि देशमा धर्म र जातिको नाउँमा बहस छेडीन सुरु भयो । युवा भनेको काँचो माटो हुन र जे जस्तो बनायो त्यस्तै बन्छन् भने सानै देखि आÇनो धर्म, संस्कृति, चलन तथा भेषभुषा र संस्कृति सम्मको ज्ञान दिने काम र अभिभारा भनेको अभिभावकको हो कि होइन ? हो भने अभिभावक नै धर्म र संस्कृति बिर्सेर देउता धर्म हुन्न भन्छन् भने त्यस्ता अभिभावकहरुको सन्तानहरुले पछि गएर धर्म मानेन, धर्म परिवर्तन गर्यो भनेर चित्त दु:खाउनुको तुक छैन ।
केहि दिनदेखि सामाजिक संजालहरुमा आजकलक युवाहरुले “आज खाजामा मम खाईयो, काँचो परेछ क क्याहो भोलि बिहान कराउने भो, आज नेवारी परिकार खान गईयो, छोइला कचिला आउदैछ । नेवारी परिकार देखि मम ईत्यादिमा भैसीको मासु प्रयोग गरिन्छ । ब्राम्हणहरु विशुद्ध शाकाहारी जाति हुन र कोहि कसैले खसीको मासु सम्म खाएको देखिन्छ भने कुखुरा त छुन पनि हुन्न भन्ने मान्यता राख्ने ब्राम्हणका सन्तानहरुले आÇनो कुल र जातिको परम्परा र मर्यादालाई भुल्दै यस्ता शब्दहरु लेखेर सामाजिक संजालमा पोष्ट गर्छन् भने त्यसले गाउँ घर समाजमा कस्तो शिक्षा दिन्छ भनेर एक पटक सोच्ने कि नसोच्ने ?
आधुनिकताको होडबाजी हो या आÇनो परम्परा र संस्कृतिलाई भुलेर हिजो आज पत्र पत्रिकाहरुमा नाम चलेका पत्रकार देखि ब्लगरहरु समेतले ईसाई धर्मलाई टेवा पुग्ने हिसाबले लेख रचना प्रकाशित गरेको देखिन्छ । आज भन्दा केहि दिन अगाडी बेलायति राजदुतले धर्म परिवर्तन सम्बन्धमा अब बन्ने संबिधानमा के कस्तो ब्यबस्था गरिदैछ भनेर जिज्ञासा राखेका थिए । पश्चिमाहरुले २०४६ साल पछी नेपालको गाउँ टोल देखि कुना कन्दराहरु समेतमा युद्धस्तरमा धर्म परिवर्तन गराएका छन् । मन्दिर देखि गुम्बा भत्काएर त्यस्ता स्थानमा चर्च बनएका छन् भने आÇनो अनुयायीहरुको सुरक्षाको ग्यारेण्टी संबिधानबाट गर्न खोजेका हुन् भन्ने कुरा बेलायती राजदुतको भनाईबाट प्रष्ट थाहा हुन्छ ।
यी तिनै गोरा हुन जसको पुर्खाले अफ्रिकामा पस्दा हातमा १ थान ईसाई धर्मालम्बीहरुको पुस्तक बाईबल बोकेर पसेका थिए र कालान्तरमा यिनका पिता पुर्खाहरुको हातमा अफ्रिकनेहरुको जल, जमिन र सम्पति हात लाग्यो भने अफ्रिकनहरुको हातमा मात्र बाईबलको पुस्तक । भोलि नेपालमा पनि यस्तै स्थिति आउन सक्छ त्यहि भएर यस्ता घटिया लेख रचना प्रकाशित गर्नु हुन्न भनेर ती लेखक, पत्रकारहरुको मगजमा किन आएन ? दुई चार पैसाको लोभमा आÇनो ईमान जमान बेच्न मिल्छ ?
हिजो आज सामाजिक संजाल देखि पत्र–पत्रिकाहरु समेतमा ब्राम्हणलाई हेपेर बोल्यो, ईज्जत गरेन भनेर गुनासो गरेको सुनिन्छ । ईज्जत र आमद पाउनलाई कठोर  तपस्या गर्नु पर्छ । भगवान रामका गुरु महर्षि बाल्मिकी दलित जातिका हुन तर भगवानको गुरु पुरोहित किन र कसरी भए ? यस्ता कुराहरुलाई बिचार नगर्ने र पिता कुल र पुर्खाको परम्परालाई आधुनिकताको नाममा लात हानेर खान हुने नहुने देखि लिएर मद्मा चुर्लुम्म डुब्ने अनि कसैले सचेत गराउँदा कुतर्क दिएर वाकपटुता देखाउन खोज्छन् भने ईज्जत बढ्छ कि घट्छ त्यो बताउन पर्ला र ? धन कमाउन सकिन्छ तर ईज्जत कमाउन सकिदैन यो कटु सत्य हो ।
धर्ममा मलाई सबै भन्दा राम्रो ईस्लाम, त्यस पछी चाईनिजको ताओको लाग्छ किनभने यी सम्प्रदायले जब बच्चा टुकुटुकु हिंडन थाल्छन् त्यसपछी धर्म र अनुशासन सिकाउन थाल्छन् यो मैले प्रत्यक्ष दैनिक रुपमा देख्दै आई रहेको छु । यी धर्महरु राम्रो भन्दैमा म ती धर्महरु अपनाउन सक्दिन किनभने मैले मेरो पिता पूर्खा देखि मान्दै आएको धर्म परिवर्तन गरे भने मेरो कुल परम्परा देखि मेरा सन्तान दरसन्तानहरु समेतलाई समाजले नराम्रो दृष्टीले हेर्छन् भने मैले यस्तो अप्रिय काम किन गर्ने ? आखिर मेरो धर्ममा पनि नराम्रो के नै छ र ।
धर्मले मानिसलाई अनुशासनमा बाँधेर समाजमा एकता कायम गराउछ भनेर मैले माथिनै उल्लेख गरि सकेको छु । ईस्लामहरु सके सम्म समय निकालेर नमाज पढ्छन भने चाइनिजहरु बिहान बेलुका दैनिक धुप धुंवार पुजा पाठ गर्छन् र यी सम्प्रदायहरुमा जतिको बलियो एकता मैले आज सम्म अन्य सम्प्रदायमा देखेको छैन भने हामी नेपाले हिन्दुहरु चैँ किन आधुनिकताको नाउँमा पिता पुर्खा देखि चल्दै आएको धर्म र संस्कृतिलाई दिन प्रतिदिन बिर्सदै छौ ?
वितेको वर्षको एउटा घटनालाई हेर्नुस्, कम्युनिस्ट भनेको सर्वहारा हो भन्दै कथित जनयुद्धको बेलामा सोझा सिधा जनतालाई भन्दै र घोकाउँदै आएको माओबादी नेता क.प्रचण्डले पिताको मृत्युमा हिन्दु परम्परा अनुसार मुखाग्नी किन दिए ? क.प्रचण्ड ब्राम्हण हुन र तिनै प्रचण्ड विभिन्न धार्मिक कार्यहरुमा किन सरिक भए ? त्यस्तै म कट्टर कम्युनिस्ट हँु भन्ने सोहि पार्टीका अर्का नेता डा.बाबुराम भटराईले धार्मिक परम्परा अनुसारको चाडपर्ब किन मनाए ? पितालाई लिएर प्रख्यात हिन्दु धार्मिक स्थल मानसरोवर किन गए ? हिन्दु परम्परा अनुसार पिताको चौरासी किन गरे ?
मानिसको मृत्यु पछी शरीरलाई कसैले जलाउने कसैले गाड्ने परम्परा छ । अहिले यतिखेर राजनीतिक विचारधारा देखि आधुनिकताको नाउँमा देउता, धर्म केहि पनि मान्दिन भनेर भन्ने तर भोलि मृत्यु पछि यस्ता देउता धर्म कुल परम्परा नमान्ने व्यक्तिलाई धार्मिक रिति अनुसार मृत्यु पर्यन्तको क्रियाकर्म किन गर्ने ? अब यस्ता प्रश्न पनि गर्ने बेला भएन र ?

प्रकाशित मितिः २०७१ पुस १७ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment