सडकमा रात बिताउनेहरुलाई लायन्स कल्वद्वारा कम्बल प्रदान


 वीरगंज, ५ माघ ।
मदर टेरेसा जिवित छिन्, भन्ने कुरा चरितार्थ गर्दै लायन्स क्लव वीरगंज क्लव कपलका महिला पुरुषहरुले २६ दिनसम्म वीरगंजको बाइपास, आदर्शनगर, श्रीपुर, छपकैयाँ लगायतका गल्ली गल्लीमा पुगेर विपन्न वर्गलाई राहत पुर्‍याएका छन् ।

पुस/माघको कठ्याङ्ग्रिदो जाडो याममा घरमा मानिसहरू सुविधा सम्पन्न साधनका साथ सुतिरहेका समयमा रात्री १० बजेदेखि १ बजेसम्म प्लाष्टिक, पातलो चादर अथवा न्यानो लुगा नभएका फुट पाथ अर्थात गोडेटो बाटोमा बस्ने निमुखी र दिन दु:खी गरीबहरु सामु पुगेर सय थान ज्याकेट, कम्बल, ट्राउजर, उनी टोपी लगायतका न्यानो लुगा प्रदाने गरे । धन्य छन् लायनहरु भन्ने विपन्न वर्गको आत्माको सन्देशको अनुभूति गर्ने मौका क्लवका सचिव मुकेश खेतान, श्रीमति उषा खेतान, गणेश बगडीया, प्रतीमा बगडीया, वीरेन्द्र मुन्द्रा, विनोद अग्रवाल, संजय केडिया, संजय खेम्का, कमलेश अग्रवाल, ताराचन्द शर्मा, नविन मित्तल, तथा क्लवका लायन सदस्यहरुले गरेका कुरा लायन्स डिस्ट्रिक्ट ३२५ बी टुका चेयर पर्सन उमेश साह कानुले जानकारी दिनुभयो ।
क्लव चार्टड दिवसको अवसरमा उपरोक्त कार्य सम्पादन गर्दै लायनहरुले सेवा गरेका छन्, गरिरहेका छन् र गरिरहनेछन् भन्ने अभिव्यक्ति क्ललवका सचिव मुकेश खेतानले व्यक्त गरे ।





SHARE THIS

Author:

Facebook Comment