नगरपालिका घोषणा विरुद्ध आन्दोलण

आर.सि.एनबाट
वीरगंज २४ गते पुष । पर्सा जिल्लाको ११ वटा गा.बि.स.लाई वीरगंज उपमहानगरपालिका कार्यालयले गा.बि.स.का बुद्धिजिवी, समाजसेवी, भद्रभलादमी तथा स्थानियबासीहरुमा छलफल नै नगरी हचुवाका तालमा नेपाल सरकारबाट यहि मंसिर १६ गते मन्त्री परिषदबाट निर्णय गराई सो गा.बि.स.लाई  उपमहानगरपालिका भित्र गाभेको बिरोधमा गा.बि.स.का अगुवाहरुले उपमहानगरपालिकाको बिरोधमा संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम गर्दै आएको र आज थप संघर्षका कडा आन्दोलनका कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा संघर्ष समितिका संयोजक ब्रम्हदेव प्रसाद कुर्मीले सार्वजनिक गर्नु भयो ।
सो साक्षात्कार कार्यक्रममा संघर्ष समितिका संयोजक कुर्मीले यही पुष २४ गते स्थानिय बिकास मन्त्रालयमा डेलिगेसन जाने कार्यक्रम छ । भने पुष २७ गते का दिन हुने उपमहागरपालिकाको नगर परिषदको बिरोधमा सोही दिन नगर परिषदको बिरोधमा उपमहानगरपालिका भित्र बृहद रैली कार्यक्रम गर्न तय गरिएको र पुष २८ गते देखि घण्टाघर चौकमा धर्ना कार्यक्रम गर्नुको साथै उक्त गा.बि.स.लाई उपमहनगरपालिकामा गाभेको बिरोधमा संघर्ष समितिबाट हस्ताक्षर अभियान कार्यक्रम समेत शुरु गर्ने कुरा साक्षात्कार कार्यक्रममा समितिका संयोजक कुर्मीले बताउनु भयो ।
भने संघर्ष समितिका सदस्य जतन राउत कुर्मीले कुल २०/२१ किलो मिटर क्षेत्रफल भएको वीरगंज उपमहानगरपालिकामा रहेको सडक र नालाको बिकास गर्न नसक्नुको साथै रहेको पोलमा बति तथा भेपर मर्मत संभार गरी जडान गर्न नसक्ने र उपमहानगरपालिका भित्र रहेको फोहरलाई ब्यवस्थित गर्न नसकेर जताततै फोहोरको डुङ्गुर रहेको नरकपालिका भित्र कदापि हाम्रा गा.बि.स.लाई गाँभ्न नदिने कार्यक्रममा बताए ।
त्यसै गरी अर्का सदस्य हबिब मियाँले उपमहानगरपालिका भित्र रहेको उपमहानगरबासीहरुबाट संकलन गरेको राजस्व तथा बिदेशी दातृले दिएको बिकासको सहयोग रकमलाई सहि उपयोग गर्ने काम उपमहानगरपालिकाले नगरेको र ब्यापक हिनामिना गर्ने बानी बसेकै कारण गा.बि.स.का बुद्धिजिवी, समाजसेवी, भद्रभलादमी तथा स्थानियबासीहरुमा छलफल नै नगरी हचुवाका तालमा नेपाल सरकारबाट यहि मंसिर १६ गते मन्त्री परिषदबाट निर्णय गराई सो गा.बि.स.लाई उपमहानगरपालिकामा गाभेर गा.बि.स.का पुर्वाधार निर्माण नै नगरेर गा.बि.स.का सोझा साझा स्थानियबासीहरुबाट राजस्व संकलन गरेर ब्रम्हलुट मच्चाउने उपमहानगरपालिकाले योजना बनाएको कुरा सञ्चारकर्मीहरुमा जानकारी गराउनु भयो ।
उक्त बिशेष साक्षात्कार कार्यक्रममा संघर्ष समितिका सदस्य जवाहिर अंसारी, मोहम्मद मुराद, सन्नी दुवे, शिव नारायण मिश्रा, लाल बाबु प्रसाद, मुकेश द्विवेदी, राजकिशोर चौवे, रमाशंकर द्विवेदी, मुन्नीलाल यादव, जङ्ग बहादुर यादव, मित्रदेव यादव, अनिल श्रीवास्तव, रामचन्द्र प्रसाद कुर्मी, लखन लाल साह, हरिनारायाण प्रसाद कुर्मी, जमुना प्रसाद यादव, दिनेश प्रसाद कुर्मी, रामबाबु प्रसाद पटेल, सन्तोष तिवारी, अम्बिका राउत कुर्मी, रामदेव महतो लगायतको उपस्थिति रहेको थियो ।
भने सो कार्यक्रम रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा बिशेष सक्षात्कार कार्यक्रम सम्पन्न भयो । 

SHARE THIS

Author:

Facebook Comment