बिपिसीद्वारा म्याराथन दौडको आयोजना

क्राइमचेक प्रतिनिधि
बीरगंज २६ पुष । मध्य तराइकै शिक्षा क्षेत्रमा विशेष योगदान दिई छुट्टै पहिचान बनाउन सफल वीरगंजस्थित वीरगंज पब्लिक कलेजले केहि समय यता सामाजिक उत्तरदायित्वकालागि पनि विभिन्न सकारात्मक कृयाकलापहरु गर्दै आएको समाचारहरु सार्वजनिक हुन थालेका छन् ।

यसै क्रममा शनिवार सो कलेजले "नेपाल र नेपालीहरुको स्वभिमान, स्वच्छ वातावरण र नयां संविधान" भन्ने नाराका साथ  म्याराथुन दौड प्रतियोगिताको आयोजना गरिएको छ ।


नेपाली काँग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ निर्वाचित सभासद राजेन्द्र बहादुर अमात्यले वीरगंजको घण्टाघरबाट सो म्याराथुन दौड प्रतियोगिताको शुभारम्भ गर्नु भएको हो । घण्टाघरबाट प्रारम्भ भएको दौड लक्ष्मणवा हुदै पुन: बाईपास रोडबाट फर्किएर मुर्ली बगैचा स्थित कलेज परिसरमा पुगेर समापन भएको कलेजका प्रबन्ध निर्देशक डा.दिपक शाक्यले बताउनु भयो ।

म्याराथुनदौडमा कलेजका २ सय ५० छात्रछात्रा तथा ७० जना शिक्षकहरुको सहभागिता रहेको छ । म्याराथन दौड प्रतियोगितामा  छात्र तर्फ  प्रिन्स कुमार मुखिया प्रथम, कन्हैया गुप्ता द्धितिया र आशिष राउत तृतिय भएका छन् । त्यस्तै छात्रा  तर्फ शिवांगी कार्की प्रथम,  अजिता थापा द्धितिय र  पुजा रावल तृतिय भएका छन् ।
त्यस्तै छात्र तर्फबाट  चौथो र  पाँचौ सान्तवना पुरस्कार पाउनेमा क्रमशः रुपेश सिंह र अनिल कुमार पटेल रहेका छन् भने सान्तवना पुरस्कार पाउने छात्राहरुमा दीपिका श्रेष्ठ चौथो र सोनाली चौधरी पाँचौ रहेका छन् ।
विजयी छात्रछात्राहरुलाई पर्सा क्षेत्र नं १ का सभासद राजेन्द्र बहादुर अमात्य, पर्साका प्रहरी उपरिक्षक दिवेश लोहनी, संचारकर्मी सन्तोष मिश्र र प्रेम सर्राफले पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
 प्रमाणपत्र वितरण कार्यक्रममा बोल्नुहुँदै पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले विजयी र सहभागीहरुलाई बधाइ दिंदै खेलकुदले मान्छेको स्वास्थ राम्रो हुन्छ भन्ने सबैले जानेकै विषय भएपनि बिपीसी  कलेजले दिएको नारा "नेपाल र नेपालीहरुको स्वभिमान, स्वच्छ वातावरण र नयां संविधान" सामाजिक उत्तरदायित्वकालागि निकै महत्वपूर्ण रहेको बताए ।
त्यस्तै सभासद राजेन्द्र बहादुर अमात्यले हरेक खेलमा सहभागी हुनेको नै हार र जित हुने भएकोले कोही हार्दैमा उ कमजोर र जित्दैमा बलियो नहुने भएकोले सहभागी सबै भाइ बहिनीहरु बिजयी भएको बताउनु भयो । बिपिसी कलेजले शिक्षा क्षेत्रमा मात्र नभइ सामाजिक विकासकालागि पनि अग्रसर भइ आफ्नो गतिविधिहरु संचालनबाट सबैले पाठ सिक्नु पर्नेमा अमात्यको जोड रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment