अशोक सुजन श्रेष्ठ
हेटौडा । हेटौँडामा तीन दिने तनाव व्यबस्थापन एवम् आन्तरिक शान्ति अनुभुति शिबिर आज(शनिबार)देखि पल्ससा सभागृहमा शुरु भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौँडाले आयोजना गरेको कार्यक्रममा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वबिद्यालय भारतकी ब्रह्मचारिणी ब्रह्माकुमारी उषा दिदीले प्रवचन दिई रहनु भएको छ । करिब चार हजार पाँच सय जना सहभागि हुने कार्यक्रम सञ्चालन गर्न करिब छ लाख रुपैँया खर्च हुने आयोजकको भनाई छ । सकारात्मक जीवनशैली र तनाव व्यबस्थापनगरि दैनिक दुई सत्रमा प्रवचन कार्यक्रम भईरहेको छ । त्यस्तै, ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले हेटौँडा नगरपालिकासँगको साझेदारीमा सञ्चालन गर्न लागेको पुष्पलाल स्मृती पार्कमा पुर्ननिर्माण गर्न लागेको पोखरीको भोली(आईतबार) सिलान्याससमेत गरिने ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौँडाका बिजय भाईजीले बताउँनुभयो । कार्यक्रममा संबिधान सभाका सदस्यहरु ईन्द्र बानियाँ, रामनारायण बिडारीलगाएत राजनितिक दल, सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।