खेलकुदबाट बिधार्थीहरुमा सकारात्मक बिचारको बिकास

आर.सि.एनबाट
वीरगंज मंसिर । स्व.शंकरलाल केडियाको ७९ औं जन्म जयन्ति तथा डि.ए.भी. रुकमिणी बनारसी केडिया उच्च माध्यमिक बिधालय परवानीपुरको २१औं
बार्षिकोत्सव कार्यक्रमको उपलक्ष्यमा  बिधालयका बिधार्थी बिच भएको एथलेटिक्स, बैड मिन्टन, कबडी, टेबुल टेनिस, दौड प्रतियोगिता लगायतका खेल कार्यक्रमको आज सशस्त्र प्रहरी बल पर्साका एस.पी. भिम बहादुर थापाले स्व.शकरलाल केडियाको तस्बिरमा फुलको माला अर्पण गर्नुको साथै पानसमा दिप प्रज्जवलित गरी समुदघाटन गर्नु भएको थियो ।
सो समुदघाटन कार्यक्रमका प्रमुख अतिथी एस.पी. थापाले स्वं केडियाको चर्चा गर्नुको साथै खेलकुदबाट बालबालिकालाई अनुशासन बनाउनुको साथै शारीरीक र मानसिक रुपमा स्वास्थ्य राहन मदत गर्ने काम गरिनुको साथै खेलबाट बिधार्थीहरुमा सकारात्मक बिचारहरुको बिकास भई सभ्य नागरीक बनाउनमा खेलकुदको पनि महत्व पुर्ण भुमिका हुने कार्यक्रममा भन्नु भयो ।
उक्त कार्यक्रमको बिशेष अतिथी पुष्पा देवी केडिया रहनु भएको थियो । भने अतिथीमा केडिया डेण्टल हस्पिटल परवानीपुरका प्रमुख डा. बिजय अग्रवाल, बिधालयका अर्जुन सुवेदी, मायांक केडिया, परेश चटर्जी, रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ता लगायतले आ आफनो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सभापति बिधालय ब्यवस्थापन समितिका अध्यक्ष तारा चन्द केडियाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रमको संचालन बिधालयका शिक्षिका बिमला मण्डलले गरेकी थिइन ।
भने सो बिधालयमा यहि २२ गते  शैक्षिक प्रर्दशनी तथा रमाईलो मेलाको आयोजना गरिनुको साथै २४ गते सांस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रम रहेको कुरा बिधालयका अर्जुन सुवेदीले बताएका छन ।


SHARE THIS

Author:

Facebook Comment