महासंघ पर्साको निर्माणाधिन भवनको संयुक्त निरीक्षण

वीरगंज ५ पुस ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्माण भई रहेको भवनको आज एक समारोहका विच वीरगंजका समाज सेवी उद्योगी व्यवसायि राजनीतिक दलका नेता, अधिकारकर्मी, संचारकर्मीहरुले स्थलगत निरिक्षण गरेका छन् ।
सो अवसरमा सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामोद्दिन समानी, समाजसेवी मुकेश सरावगी, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण खनाल, व्यवसायि वृजेश टेमानी, महिला संचारकर्मी  लगायतको टोलीले स्थलगत निरिक्षण गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ध्रुव साहले दलका नेता तथा उद्योगी व्यवसायि तथा अधिकारकर्मीहरुलाई भवन निर्माणको बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामोद्दिन समानीले पर्सेली पत्रकारको भवन निर्माणका लागि आफूले पनि सहयोग गर्ने र अन्य दाताहरुलाई पनि सहयोग गर्न अपिल गर्नु भयो । कार्यक्रममा स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनालले  महासंघको भवन निर्माणका लागि संस्थागत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

SHARE THIS

Author:

Facebook Comment