भिखमपुरमा नि:शुल्क आखा शिविर संचालन

वीरगंज ५ पुस ।
पर्सा जिल्लाको भिखमपुरमा नि:शुल्क आखा शिविर संचालन भई रहेको छ । स्वतन्त्र मानव अधिकार समाज र जन सामुदायिक केन्द्र भिखमपुरको संयुक्त आयोजनामा भिखमपुर स्थित स्वास्थ्य केन्द्रमा संचालित आंखा शिविरमा अहिले सम्म २ सय भन्दा बढी आंखा रोगीहरुको आंखा परिक्षण गरिएको छ ।
जन सामुदायिक केन्द्रका अध्यक्ष गौरव सन्तोष पटेलको सभापतित्वमा सम्पन्न शिविरको जिल्ला जन स्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुण कुमार महतोले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मुकेश सरावगी, सदभावनापार्टीका केन्द्रिय सदस्य नेजामोद्दिन समानी, समाजका केन्द्रिय सदस्य कृष्ण कुमार खनाल, भिखमपुर स्थित सशस्त्र प्रहरी बेश क्याम्पका सशस्त्र प्रहरी निरिक्षिक भेष राज गिरी, गाविस अध्यक्ष अम्बिका राउत, शिक्षक संघका सह सचिव अशोक कुमार साह लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा समाजका उपसभापति रमेश शर्मा, सचिव नन्दीकिशोर यादव, केन्द्रिय सदस्य वृजेश टेमानी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण स्वतन्त्र मानव अधिकार समाजका  महासचिव ध्रुंव अधिकारीले गर्नु भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment