राजनिती अस्तित्व लोप हुने डरले षडयन्त्र गर्न थाले बिकास बिरोधी नेताहरु

राकेश साह
वीरगंज, पुस ५ .
वीरगंज उपमहानगरपालिका वरिपरि रहेका ११ वटा गाबिसलाई वीरगंज उपमहानगरपालिकामा गाभेकोमा केही व्यक्तिहरुले बिरोध गरेका छन् । मन्त्रिपरिषदले  मंसिर १६ गते गरेको निर्णय अनुसार  सिर्सिया ख.टो.,रामगढवा , अलौ,सुगौली बिर्ता,हरपतगंज, उदयपुरघुर्मी, भवानीपुर ,प्रसौनी बिर्ता, लिपनी बिर्ता ,मनियारी र बिन्दवासिनी  गाबिसलाई वीरगंज उपमहानगरपालिकामा गाभेको थियो । पोखरीय ,सिम्रौनगढ जस्ता गाम्रीण भेगालाई मिलाएर नगरपालिका बनाएकोमा त्यस क्षेत्रका वासिन्दा खुशीयाली मनाउदै मैनबती बाली दिपावली समेत गरेका थिए । तर यी ११ वडाहरुमा केही ठाँउमा बिरोध हुनु आफैमा आश्र्चयचकित कुरा भएको छ । बिकास बिरोधी नेता तथा सचिवका आसेपासेहरुले आफनो राजनिती अस्तित्व खतरामा पर्ने निश्चित भएपछि नानाथरी बहाना बनाउदै बिरोध गर्न थालेको छन् । यसरी बिवाद गर्ने कुनै ठाँउ नदेखेपछि यी नेता तथा अगुवाहरु बिरोधको नयाँ वहाना फेला पारेका छन् । सवैठाँउमा स्वागत भइरहदा यी ठाँउमा आखिर बिरोध किन ?  गाबिसको रकम हिनामिना गर्ने तथा सचिवका आसेपासेहरु तथा गाँउको बिकास नचाहने फुटकर स्थानिय नेताहरुले मात्र बिरोध गरेका प्रसौनीका स्थानिय बासिन्दा
उमेश साह बताउँछन् । उनी भन्छन गाँउमा बसेर झिनामसिना कुरालाई लिएर राजनिती गर्नेहरु नगरपालिका पश्चात सवै छुटने र गाँउमा आफनो अस्तित्व सखाप हुने डरले तिनीहरुले सो बिरोध गर्न लागेका हुन ।  गाँउका गरीव ,अशिक्षित समुदायहरुलाई नागरपालिका भएपछि कर मात्र बढी तिर्नु पर्छ ,भैसी ,गाई बाख्रा आदीको कर लागछ ,गाँउमा बिकास हुदैन खाली शहरमा मात्र बिकास हुन्छ  आदी नाकारात्मक कुरा बताउदै गाँउ भरि हल्ला फैलाएका छन् । ११ वटा गाबिसको बासिन्दाको भाग्य बिधाता यी नेता नै हुन कि क्या हो ? यिनीहरुले भन्दैमा हामी मान्दैनो ,हामीलाई सरकारले गरेको निर्णय सही लाग्छ ,हामी सरकारको निर्णयको स्वागत गर्छौ भन्दै प्रसौनीकै स्थानियबासिन्दा  रुमेश साह बताए । धनी वर्ग बाहेक अरु कसैले त्यसको बिरोध नगरेको , यसलाई बढी राजनितीकरण गर्न खोजिएको मात्र हो लिपनी बिर्ताका राम महतो बताउँछन् । यसरी यी नेताहरु नमाने हामी पनि उनीहरुको बिरोधमा उत्रन्छौ  हामी पनि नगरपालिका मै गाभिनु पर्ने भन्दै संर्घष समिती गठन गरेर कडा बिरोध समेत गर्छौ  भन्दै बिन्दवासीनाका एक स्थानिय नेताले आक्रोस पोखे । उनी भन्छन आफनो स्वार्थ पुरा नभएपछि केही गलत मानसिकता बोकेका व्यक्तिहरुले कार्यालयको वार्ड जलाएर केही हुदैन। आफनो राजनिती खतरामा पर्ने  भएका बिकास बिरोधी व्यक्तिहरुले षडयन्त्र गरेर केही हुदैन । बढी अति गरे भने जनता तिनीहरुको बिरोधमा उक्रिन्छ  र तिनीहरुको भण्डाफोर गर्छन ।  उनीहरु भन्दा बढी जनमत नगरपालिका हुनपर्नेमा  रहेकाले समय आयो भने हामी जनमत प्रर्दशन गर्न समेत तयार रहेको ६४ वर्षिया बितो महतो बताउँछन् ।  गाँउको मान्छेको भावना बिपरीत गतीबिधी तत्काल बन्द गर्न आग्रह गदै सरकारको काममा सहयोग गर्न  अपिल समेत गरे । यसरी कार्यान्वयन हुनुपुर्व नगरपालीकाको बारेमा यती बढी सोच्नु बैज्ञानिक पद्धती होइन । सरकारको काम कर्तव्य हेरेर चित्त नबुझेको कुरामा बिरोध गर्नु आवश्यकता देखिन्छ । 

SHARE THIS

Author:

Facebook Comment