नगरपालिका चाहिंदैन:स्थानीबासी

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ सरकारले केही समय अघि घोषणा गरेको नगरपालिका विस्तारको निर्णय फिर्ता लिन स्थानीयबासिन्दाहरूले माग गरेका छन् ।
करिब एक महिना अगाडी पर्साको ११ वटा गाविसलाई वीरगंज उपमहानगरपालिकामा समाहित गरेकोमा सो निर्णयलाई फिर्ता गर्न माग गर्दै स्थानिय वासिन्दाहरुले बुधबा
र प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी मार्फत स्थानिय विकास मन्त्री प्रकाशमान सिंहलाई बुझाईएको सो ज्ञापनपत्रमा ११ गाविसलाई नगरपालिकामा गाभ्नुको कुनै वैज्ञानिक आधार नभएको भन्दै स्थानियबासिन्दाहरुले विरोध गरेका छन् । जनताको आर्थिक उन्नतीका कार्यक्रममा सेलाएको सरकारले कर संकलन र राजस्व वृद्धि गर्ने कार्यले गरीब जनताको आर्थिक अवस्था जर्जर बनाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।  विकासका कार्य तथा औद्योगिक क्षेत्रमा रोजगारी बृद्धि नगरी सरकारले कर संकलन गर्ने उद्देश्यले मात्र वीरगंज उपमहानगरपालिकामा गा.वि.स. समेटेको भन्दै स्थानियबासिन्दाहरुले निर्णय फिर्ताको माग गरेका हुन् । उपमहानगरपालिकाबाट गाविसलाई छिटो भन्दा छिटो फिर्ता नगरे स्थानीयबासिन्दाहरुले आफुहरु आन्दोलन गर्न बाध्य हुने जनाइएको छ । स्थानीय अगुवा हविव मिया, जतन राउत, जमुना प्रसाद यादव, ब्रम्हदेव प्रसाद कुर्मी, शिवनारायण मिश्र, मुकेश द्विवेदी लगायतका ११ गाविसका ५ दर्जन भन्दा बढी स्थानियवासिन्दाहरुले पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई ज्ञापन पत्र बुझाएका हुन ।

प्रकाशित मितिः२०७१ पुस १० गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment