ईस्लामिक संघ नेपालद्धारा मानव अधिकार सम्बन्धी बिचार गोष्ठिको आयोजना

वीरगंज ७ पुस

ईस्लामिक संघ नेपाल नारायणीको आयोजनामा आज मानव अधिकारबारे धार्मिक, समाजिक, राजनैतिक एवं प्रशासनिक अवधारणा विषयक बिचार गोष्ठि एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।
“अल्लाहबाट प्राप्त अधिकार र संरक्षण मानव जातिको आधारभुत समाजिक हक हुन” भन्ने मुल नाराका साथ कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत पर्साका माननिय न्यायधिस भोलानाथ चौलागाईले मावन अधिकारको बारेमा अध्ययन गर्ने हो भने मानवअधिकारमा कुनै पनि जात, धर्म, समुदाय हुदैन् यो सबैको साझा सम्पति हो । राष्ट्रको हरेक नियकामा मुस्लिमको पहुंच हुनु पर्छ तर त्यसको लागि आफुमा रहेको कमी कमजोरीलाई सुधार गर्दै जानु पर्नेमा जोड दिदै नया बन्ने संविधानमा सम्पूर्ण नोपलीबासीको इच्छा, चाहना र भावना अनुसरकाको संविधान बन्नु पर्ने बताउनु भयो । यसैगरी भारतीय महावाणिज्य दुतावास वीरगंजका राजनीतिक काउन्सुलर कृष्ण चौतन्यले नेपाल र भारत बिच सदियौ देखि रहदै आएको सुमधुर सम्बन्धलाई हामीले अझ प्रगाढ बउनाउनु पर्नेमा जोड दिनु भयो । यदि कुनै पनि नेपाली भारतमा गएको बेला कुनै किसिमको समस्या भएको छ भने हामीलाई कुनै पनि बेला सम्पर्क गरेमा त्यसको समाधान गर्ने प्रतिबद्धता जनाउदै नेपाल र भारतका जनताबिच कुनै पनि विषयमा कुनै समस्या वा विवाद नहोस भनी कामना गर्नु भएको थियो ।
त्यसैगरी ईस्लामिक संघका केन्द्रिय अध्यक्ष नजुरुल हसन फलाहिले सम्पूर्ण मानवजातिको सम्मान, भलाई, न्याय, मार्गदर्शन दिनु नै कुनै पनि धर्मको मुल आश्य रहेको चर्चा गर्दै हमनीले हरेक जाती, भाषा र धर्म बिच सदभाव बनाउनको लागि मानवता आवश्यक हुन्छ भन्नु भयो । कुनै पनि एक व्यक्तिले कुनै गलत कार्य ग¥यो भने त्यसलाई जाति र धर्मसंग नदाजिं त्यो व्यक्ति खराब हो भन्नु सक्नु पर्छ भन्दै त्यसता व्यक्तिलाई आवश्यक दण्ड र सजाय दिनु उचित हुन्न भन्नु भयो । त्यसतै कार्यक्रममा डा. दिपक शाक्यले भगवानले संसारका एउटै मानवलाई नै उत्पति गरी सबैलाई एक समान नै हात, खुटा र मस्तिक दिनु भएको छ । आफ्नो स्वार्थ पुर्तिका लागि मात्र हामीले जाती, धर्म, भाषा, संस्कृति अलग–अलग छुटयाएको चर्चा गर्दै मानव अधिकारका लागि स्वतन्त्रता, लैङ्गिक, समाजिक, आर्थिक, परिवारिक र आधारभुत आवश्यता पुरा गर्न सक्यो भने त्यो नै मानव अधिकार परिपुर्ति भएको बताउनु भयो ।
भारतबाट आएका भारतिय प्रोफेसर डा. अबुजर कमारुदिनले ईस्लामको सहि अर्थ मानयता तथा त्यसमा व्यवख्या गरिएको ईश्वरिय उपदेश मानव अधिकार सम्बन्धि कुरालाई प्रष्ट पार्दै भन्नु भयो कि मानव अधिकार उलंघन गर्ने केहि तत्वले ईस्लाम र मुस्लिमहरुलाई बदनाम गर्दै हिडिरहेकोमा दुःख व्यक्त गर्दै सबैलाई त्यसबाट सजग रहनु जरुरी रहेको र ईस्लाममा रहेको जेहाद शब्दलाई व्याख्या गर्दै जेहादको सहि अर्थ संघर्ष हो र त्यसलाई हिंसक रुपमा परिणत गर्न केहि संघ संस्था लागि परेको र त्यसबाट मानव अधिकार उलंघन हुदै गएको नेपाल भारत र संसारमा नै सर्वविदितै छ । भारत र नेपालको संविधानमाथि प्रकाश पार्दै गर्नु भयो कि थप अधिकारको लागि संघर्ष गर्नु पछि यदि राज्यले सबै धर्म, जाति, संस्कृतिको सम्मान अधिकार दियो भने मानव अधिकारको आवश्यकता नै पर्दैन र देश विकासमा पनि टेवा पुग्ने बताउनु भयो ।
इस्लामिक संघ नेपाल नारायणीका संयोजक मुजमिल फलाईको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक पर्साको प्रतिनिधि केसि लामिछाने, छोटेलाल यादव, अभिभावक संघ पर्साको अमरनाथ गौतम, हिन्दू स्वयंसेवक संघका बिनय यादव, गायत्री परिवारका श्रवण कुमार कुशवाहा, आर्यसमाजको श्याम किशोर राय, कृश्चियन समाजका प्रतिनिधि पिटर कमलेश्वर, ओमशान्तिका रबिना दिदी, मानव अधिकार शान्ति समाजका परमानन्द चौधरी,सत्यम साइबाट नारायणी दिदी, राधे राधे समाजबाट सुशिल कुमार मलिक, आर्य जागरण मंचबाट ओम प्रकाश शिकारीया, मानव अधिकार तथा शान्ति समाजका अमरनाथ गौतम, रेडक्रसका उपाध्यक्ष मधु राणा, सहायक प्रजिअ यागराज पाण्डे लगायतकाले मानव अधिकार सम्बन्धि आ–आफना बिचारहरु व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीलाई प्रो. समसुल होदाले स्वागत, कार्यक्रमको उदेश्यको बारे संघका जोनल सचिव जिकुरुला अनसारीले गरेका थिए भने कार्यक्रमको समुदघाटन ईश्वरिय ग्रन्थ वाचन गरी हाफिज रिजुवानुलाले गरेका थिए । कार्यक्रमको सहजिकरण ठाकुरराम बहुमुखि क्याम्पसका मास्टर मुस्तुबा अंसारीले गर्नु भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment