अशोकसुजन श्रेष्ठ ।
हेटौडा ।
नेपाल भाषा तथा लिपी सम्बन्धि ३ महिने तालिम आईतबारबाट हेटौंडामा सुरु भएको छ । नेपाल भाषा खलः मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेवाः देय् दवुका जिल्ला अध्यक्ष देवप्रसाद श्रेष्ठले चलनचल्तीको भाषाबाट प्रभावित भएर धेरै जातीय समुदायमा मातृभाषा बोल्ने कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयोे । भाषाको संरक्षणका लागि विद्यालय तहमै मातृभाषाको प्रयोग र शिक्षण कार्य हुनुपर्ने श्रेष्ठको भनाई थियो । भाषा खलः संरक्षक रुद्रहरि जोशीले जातिको जीवन नै भाषासँग जोडिएको बताउनुभयो । भाषा मानव जातिका लागि अनिवार्य भएको भन्दै उहाँले जातिको जीवन्तताका लागि भाषा अत्यावश्यक भएको जिकिर गर्नुभयो । तालिममा नेपाल भाषा खलःका अध्यक्ष मंगलकृष्ण मानन्धरले भाषा तथा लिपी प्रशिक्षण गराई रहनु भएको छ । कार्यक्रममा नेपाल भाषा साहित्य गोष्ठीका संयोजक मुकुन्दकृष्ण अमात्य, नेपाल भाषा खलःका जिल्ला उपाध्यक्ष नारायणबहादुर श्रेष्ठ, निवर्तमान उपाध्यक्ष नन्दरत्न स्थापितलगाएतले मन्तव्य व्यक्त गरेका थिए । हरेक बर्ष नेपाल भाषा खलःले भाषा प्रशिक्षण गराउँदै आएको छ ।