क्राइमचेक प्रतिनिधि/
वीरगंज/नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयका निर्देशक बमबहादुर मिश्रको उपस्थितिमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा स्थानीय बैंक तथा वित्तीय संस्थाहरुबीच सङ्घकै सभाकक्षमा एक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वीउवासङ्घका अध्यक्ष वैधले स्थानीय स्तरमा देखिएका बैंकिङ समस्याहरुका कारण उद्योग व्यवसायहरु प्रभावित भइरहेकोले यस्ता समस्याहरुलाई समाधानका लागि नीतिगत रुपमा निरुपण गर्नुपर्ने तर्फ मुख्य व्यवस्थापक मिश्रको ध्यानाकर्षण गराएका थिए । उहाँले बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई कुनै एउटै पक्षको पहलमा समाधान नहुने भएको हुँदा यसमा उद्योगी व्यापारी, बैंकर्स तथा सरोकारवालाहरुको समन्वय नितान्त आवश्यक रहेको औल्याउनुभयो । साथै नीतिगत समस्यालाई केन्द्रीय तहबाट तथा दैनिक रुपमा आउने व्यवहारिक समस्या र जटिलतालाई स्थानीयस्तरबाटै निरुपण गर्न समेत अध्यक्ष वैधले निर्देशक मिश्रको ध्यानाकर्षण गराएका थिए ।
नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयका निर्देशक बमबहादुर मिश्रले वीउवासङ्घबाट प्रस्तुत विषयहरुलाई सकारात्मक रुपमा लिएको बताउँदै विगतको भन्दा हाल बैंकिङ प्रणालीलाई सरलीकरण गर्दै लगिएको तथा आउँदा दिनहरुमा समेत बैंकिङ सेवा तथा प्रक्रियाहरुलाई सहज तथा अझै प्रविधिमैत्री बनाउन नेपाल राष्ट्र बैंक सक्रियतापूर्वक पहल गरिरहेको छ । उहाँले बैंकिङ सम्बन्धी देखिएका समस्याहरुलाई सरोकारवालाहरुको आपसी संवादमार्फत् त्यस्ता समस्याहरु न्यूनीकरण हुनेप्रति आफू विश्वस्त रहेको बताउनुभयो ।
खुला छलफलका क्रममा वीउवासङ्घका बैंकिङ समितिका संयोजक सुरेश पटवारीले बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा सो सम्बन्धी सुझाव बुँदागत रुपमा प्रस्तुत गरेका थिए । त्यसैगरी सङ्घका कोषाध्यक्ष सुनिल खेतान, का.स.स. गोविन्द शाह, आशीष लाठ, अवधेश सरावगी, नबिल बैंकका शाखा प्रबन्धक विनय न्यौपानेले बैकिङ सेवा तथा प्रक्रियाका विविध पक्षहरुमा आ(आÇनो जिज्ञासा राखेका थिए ।
कार्यक्रममा वीउवासङ्घका पदाधिकारी, का.स.स., स्थानीय उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।