क्राइमचेक प्रतिनिधि/
वीरगंज/पर्सा प्रहरीले अवैध लागु औषध सेतो हिरोइनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार भारतको नालन्दा जिल्ला स्वासराय थाना बस्ने रामजी साहको ५० वर्षीय छोरा गणेश साह तेलीलाई चारसय ग्राम अवैध लागु औषध सेतो हिरोइन सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्लालाई अवैध लागु औषध मुक्त जिल्ला बनाउने अभियान अन्तर्गत तस्करहरुले भारतबाट ठूलो परिमाणको अवैध लागु औषध लिएर नेपाल आउँदैछन् भन्ने विशेष सुराकी सूचनाको आधारमा खटेको प्रहरीको विशेष टोलीले मंगलवार साँझ करिब ७ बजेको समयमा वीरगंजको नगवाबाट सो परिमाणको सेतो हिरोइनसहित ती भारतीय नागरिकलाई पक्राउ गरिएको जनाइएको छ ।
बरामद भएको उक्त लागु औषध सेतो हिरोईन कालो पोलिथीनको जस्तो पलाष्टीक भित्र कालो रंगको थैलोमा बाहीरी भागमा सेतो अक्षरमा NO.9732415 प्रिन्ट गरि सो मुनी दुई वटा सिंहको चित्र बनाई सो मुनि MADE IN THAILAND, TIGER HEAD BRAND, 1-POUND, 100 % POISON, HEROIN, DOLLER– 25000/– 2010–2018 र अर्को पटृी गोलाकार घेरा भित्र दुई वटा सिंहको चित्र बनाईएको थैलो भित्र प्याक गरिएको अबस्थामा रहेकोले सो प्याक खोली हेर्दा सो भित्र पनि कालो रंगको प्लाष्टीकमा पोका पारी राखेको अबस्थामा रहेको पर्सा प्रहरीले जनाएको छ ।
बरामद ला।औ।सेतो हिरोईन हाल सम्मकै ठूलो परिमाणमा रहेको र उक्त ला. औ.
सेतो हिरोईनको को कारोवारमा संलग्न अन्य व्यक्तिको बारेमा थप अनुसन्धान भई रहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७१ पुस १० गते बिहीवार