नागरिकता नहुने महिला बढी घरेलु हिंसाको शिकार

क्राइमचेक प्रतिनिधि/
बारा/बाराको ग्रामिण क्षेत्रमा महिलाहरु घरेलु हिंसाबाट बढी पीडित भएका छन् ।  शिक्षित परिवारमा पनि अभिभावकले आफनो छोरी बुहारीलाई नागरिकता नबनाई दिदा उनीहरु समस्यामा परेका हुन् । बाराको सिमरा मनहर्वा भेगबाट यस्तो समस्या लिएर आउनेहरुको संख्या वृद्धी भएको छ ।
बैदेशिक रोजगारीमा जाने क्रम बढेसगै घरमा रहेका बुहारलिाई बैङ्कि यसैगरी पढदै गरेकी छोरीलाई आमा बाबुले रोजेको केटोस्ांग बिहा नगर्दा पनि आमा बाबुले नागरिकता मा लगेर अडको थापी बाध्यतामा पारेको पाइएको छ । नागरिकता बनाउनको लागि   ससुरा  वा लोग्नेले सनाखत गरिदिनुपर्ने पहिलो प्रावधान रहेको छ । यस्तो समस्या आएमा पिडितले कानुन को साहारा लिनको लागि  कागजात तयार पारी कारण खुलाइ जिल्ला वा इलाका प्रसासन कार्यलयमा निबेदन दिएमा संम्बन्धित मानिसलाई बोलाएर सनाखत गराएर पीडितले नागरिक हक दिलाउने इलाका प्रशासन कार्यालय सिमरा का प्रमुख बेद प्र न्यौपाने बताए । केहि नपाएपछि नागकितामा गएर प्रतिशोध साध्ने घर परिवारमा प्रशासनको साहारा लिएर नागरिकता बनाउदा हिंसा बढ्ने भएपनि आफन्तबाट गरिने चरम हिंसा खोल्नपनि नहुने बोल्नपनि नहुने भएको डुमरवानाका अधिकारकर्मी बिदुर खडकाले बताए ।
ङ कारोबार देखि बालबच्चाको पढाई लेखाईमा नागरिकताको आवश्यकता  हुने गर्छ । घरमुली र आफन्तले नागरिकता बनाउनमा विभिन्न बाहाना बनाई सनाखत नगरीदिनाले महिलाहरु थप समस्यामा परेको हो ।

प्रकाशित मितिः २०७१ पुस १० गते बिहीवार..

SHARE THIS

Author:

Facebook Comment