सिमेन्ट उत्पादक समुहद्वारा बारा र पर्साका प्रजिअलाई ज्ञापन पत्र पेश

राकेश साह
वीरगंज,मंसिर २५ .
बारा र पर्सा जिल्लामा रहेका सिमेन्ट उद्योगहरुलाई प्रभाबित गर्ने गरि नारायणी यातायात व्यवसायी संघ हेटौडा र तराई यातायात व्यवसायी संघ सिमराले मनपरी ढङ्गले सिन्डिकेट प्रणाली लागु गर्दा यस क्षेत्रका सिमेन्ट उत्पादक समुह मारमा परेका छन् । मंसिर १४ गतेबाट लागुहुने गरि गरिएको सो निर्णयबाट ५ दिनमा एक टिप माल लोड गर्ने र बाँकी दिन गाडी थन्काएर बसाउने बाध्यात्मक स्थिती सृजना गरेको हुदाँ  कतीपय व्यवसायीहरुलाई बैंकको ऋण तिर्ने निकै नै गाह्रो परेको दुखेसो पोखेका छन् । आज सिमेन्ट उद्योगी व्यवसायहीहरुको तर्फबाट प्रदीप यादवले  बारा र पर्साका प्रमुख जिल्ला अधिकारी लाई  ज्ञापन पत्र बुझाउदै  यादवले बिगत ३÷४ महिना देखि गिट्टी ,बालुवा खुल्ला नभएको
कारणबाट सिमेन्ट उद्योगको उत्पादन बिक्रीमा ठुलो ह«ास आएको ,सिमेन्ट बिक्री नहुदाँ त्यसको मुख्य असर राजस्वमा समेत पर्न जाने निश्चित छ भने अर्को तर्फ उद्योगहरु संचालनमा निकै कठिनाई  परिरहेको अवस्थामा हालै  यातायात व्यवसायी संघले ट्रक सिन्डिकेट लागु गरि ट्रकको कृत्रिम अभाव सृजना  गरी प्रति १० मे.टनको रु १८०००.०० मा काठमाडौं गई रहेको गाडी भाडामा  रु २४०००.०० तोकेर वीरगंजबाट उत्पादन हुने  सिमेन्ट काठमाडौं  पुग्दा भाडाको कारणबाट प्रति बोरा सिमेन्टमा रु २२.०० मुल्य बृद्धि  हुने र भैरहवा र अन्य क्षेत्रबाट उत्पाति सिमेन्टका तुलनामा वीरगंजबाट उत्पादित सिमेन्ट निकै मंहगो पर्ने जाने भई बिक्री घटने देखिन्छ यसरी बिक्री घटदा राजस्वमा समेत ठुलो असर पर्न जानुको साथै उद्योग संचालन गर्न ज्यादै कठिन परिरहेको छ । मंसिर १४ गतेबाट जबरजस्ती सिन्डिकेट लागु गरि कृत्रिम ट्रकको अभाव सृजना गरि सर्व साधारण समेत थप आर्थिक भार पुरयाई रहेको  छ भन्ने अर्को तर्फ दैनिक कुनै न कुनै बहानामा कहिले टोकन त कहिले कार्ड बितरणको नाँउमा  ट्रक लोड गर्न अवरोध खडा गरि रहेका छन् । नेपाल सरकारले बिगत २÷३ महिना यता आएर ईन्धनको मुल्यमा झन्डै ११÷१२ रुपियाँ मुल्य घटाई सकेको अवस्थामा समेत ढुवानी भाडामा बृद्धि गर्नु कतिको सुहाउदो कुरा हुन्छ । अत श्रीमान संग हामी तपसिलमा उल्लेख भएका सम्पुर्ण सिमेन्ट उद्योगहरु हाल ट्रक व्यवसायीहरुले लागु गरेको सिन्डिकेट प्रथा तत्काल हटाई स्वतन्त्र रुपले यातायात चलने बातावरण बनाई दिन हुन बिनम्र अनुरोध समेत गरेका थिए  । सो अवसरमा शुभ श्री जगदम्बा सिमेन्ट , बिश्वकर्मा सिमेन्ट ,त्रिशक्ति सिमेन्ट ,अम्बे सिमेन्ट , आर.एम.सी सिमेन्ट ,शालीमार सिमेन्ट,कलश सिमेन्ट , महाशक्ति सिमेन्ट , एडभान्स सिमेन्ट ,ओम सिमेन्ट र स्टार सिमेन्ट का प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । साथै भैरहवामा लागेको ट्रक सिन्डिकेट जिल्ला प्रशासन कार्यालय भैरहवा र उद्योग वाणिज्य संघ भैरहवाको पहलमा उक्त ठाँउमा लागेको सिन्डिकेट हटि सकेको व्यहोराबारे समेत अवगत गराएका थिए ।  

SHARE THIS

Author:

Facebook Comment