वीरगंज,मंसिर ८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र लुम्बिनी भ्रमण रद्द भएको बिरोधमा मधेसी बिद्यार्थी फोरम पर्साले वीरगंजमा बिरोध रयाली र कोण सभा सम्पन्न गरेको छ । हर हर मोदी घर घर मोदी , नेपाल सरकार मुर्दाबाद,बिकास पुरुष मोदी जिन्दावाद, मधेसी एकता जिन्दावाद,भष्ट सरकार मुर्दाबाद ,बिकास बिरोधी सरकार मुर्दावाद लगायत बिभिन्न प्लेय कार्ड बोकी बिरोध र्याली गरिएको थियो । वीरगंज घडिअर्वा बाट सुरु भएको र्याली नगर परिक्रमा गरि घण्टघर आई कोण सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै मधेसी जनअधिकार फोरम नेपाल पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले नेपाल सरकार एवं खस पहाडी शाषकको मधेस बिकास बिरोधी मानसिकताको कारण शुनियोजित तरिकाबाट मोदीको भ्रमण रद्द गरिएकोमा सरकार प्रति खेद प्रकट गरेका थिए । नेपाल सरकारको लापरवाही र मधेसको बिकास बिरोधी मानसिकताका कारण बिकास पुरुषको नामबाट बिदेशमा समेत ख्याती प्राप्त गरिसकेका मोदीको भ्रमण षड्यन्त्रपुर्वक रद्द गर्न बाध्य बनाइएको प्रति कडा बिरोध प्रर्दशन गरेका थिए । मधेसमा बिकासको कुरा हुदाँ काठमाडौंका शाषक वर्गले खाली आश्वासन दिएर सदियो देखि मधेसी माथी दमन शोषन गर्दै आइरहेको परमपरालाई अगामि दिनमा सोही अनुरुप निरन्तरता दिन कुनै किसिमको पुर्वाधार बिकास नगर्ने र मधेसीहरुलाई जाति र धर्मको नाममा लडाइ राख्ने चलखेल गरिरहेको आरोप यादवले लगाएका थिए । आउँदा दिनमा मोदीको भ्रमण मधेसको प्रमुख शहरहरुमा हुने समेतमा आशावादी रहेको बताउदै सरकारले सुरक्षा दिन नसके बिना वर्दीवाला मधेसी युवाहरुले सुरक्षा प्रदान गर्ने बताए । कोणसभामा फोरम नेपाल पर्साका नेता सलाउदिन अहमद,बिद्यार्थी नेता जयवन्त यादव,अमोद यादव लगायतले सम्बोधन गरेका थिए । सभामा फोरम जिल्ला उपाध्यक्ष मंजुर समानी ,सचिव नागेन्द्र यादव,नेकमहम्द, मोहन दास,सुनिता साह , सरिफ गद्दी , सुशिल साह कानु ,महमुद अंसारी ,असलम अंसारी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहको थियो ।