श्रवण प्रसाद साह÷ वीरगंज, २३ साउन,
नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दनि अन्सारीले मध्य तराईमा मातृ भाषाबाट प्रकाशित भएको भोजपुरी टाइम्स दैनिक पत्रिकाबाट मध्यतराईका पाठकवर्गहरु लाभान्वित हुने बताउनु भएको छ । वीरगंजबाट प्रकाशित पत्रिका भोजपुरी टाइम्स दैनिकको आज जिल्ला बालकल्याण समितिमा लोकार्पण गर्नु हुदै प्रमुख अतिथि अंसारीले भोजपुरी भाषा साहित्यको उत्थानका लागी यो पत्रिकाले महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गर्नु भयो । विभिन्न भाषाहरु मध्ये तेस्रो भाषाको रुपमा बोलिदै आएको मध्यतराईको भोजपुरी भाषा धेरै पुरानो र लोकप्रिय भएकोले यो मातृभाषाबाट प्रकाशित हुने भोजपुरी टाइम्सको विस्तार सम्बद्र्धन र विकास पनि अत्यन्त जरुरी रहेको चर्चा गर्नु हुदै प्रमुख अतिथि अंसारीले सबै भन्दा पहिले हामी भोजपुरी भाषी भएकोले पनि यसलाई अगाडि बढाउन हामी तपाई लगायत विभिन्न संघ संस्था र उद्योगी व्यवसायीहरुले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
भोजपुरी भाषाबाट प्रकाशित भएको यो पत्रिकाले यस क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नु हुदै उहाँले यस पत्रिकाको लागि सक्दो सहयोग गर्ने बचन बद्धता समेत व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक सितल महतोले भोजपुरी भाषा नेपालमा बोलिने मध्ये तेस्रो र समिप्ये भाषा भएकोले यहाँको भाषा संस्कृति प्रति यस पत्रिकाले महत्वपूर्ण भुमिका खेल्न सक्नु पर्दछ भन्नु भयो ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले यस पत्रिकाले समाजप्रति उत्तरदायित्व र मर्यादित र शिष्ट भएर मुल्यनिष्ट पत्रकारिता गर्न सकोस भनी शुभकामना समेत दिनु भयो । आचारसंहितामा रहेर मुल्यनिष्ट पत्रकारिता नगर्ने र पत्रकारिताको आवरणमा गलत धन्दा गर्नेहरुको नाम सार्वजनिक रुपमै घोषना गरेर नङग्याउने चेतावनी समेत दिनु भयो ।
कार्यक्रममा ब्रहमास्त्र दैनिकका सम्पादक काशीनाथ यादवले वीरगन्जमा भोजपुरी भाषालाई पत्रकारिताका माध्यमबाट जीवित राख्ने काममा विजयप्रकाश विनको महत्वपुर्ण योगदान रहेको चर्चा गर्दै वर्षौ पहिले आजु के समाद दैनिक प्रकाशनमा ल्याएर पत्रकार विनले सराहनीय काम गर्नु भएको चर्चा गर्दै दशकौं देखि पत्रकारिता मै जिवन समर्पित गरे पनि बिनको आर्थिक अवस्था ज्यादै दयनिय रहेको बताउदै उहाँले सम्बन्धित निकायले बिजय प्रकाश बिन जस्ता पुराना र कर्मठ पत्रकारहरुको योग्दानको कदर गर्नु पर्ने उल्लेख गर्नु भयो ।
सद्भावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले पूर्वमा मैथली भाषा फस्टाउदै गएकोमा मैथली भाषाबाट एफएम पत्रिकाहरु पनि फस्टाउदै गएको उल्लेख गर्नु हुदै सम्मानीले अब हामी सबै संघसंस्था र व्यक्तिले यो पत्रिकाको उन्नति र प्रगतीको लागि सहयोगको भावना हामीमा हुनु पर्नेमा जोड दिनु भयो ।
तराई मधेसमा बोलिने नेपालको तेस्रो भाषाको रुपमा भोजपुरी भाषा भएपनि यसमा सरकारले कुनै प्राथमिकता नदिएको उल्लेख गर्नु हुदै बरिष्ठ पत्रकार बिजय प्रकाश बिनले यो पत्रिकाको उत्थानको लागि हामी सबै चिन्तनशिल हुनु पर्नेमा जोड दिनु भयो ।
पत्रिकाका सम्पादक संतोष चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत बिनय कुमार श्रीवास्तव, सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर प्रसाद गुप्ता, पर्सा जिल्ला शिक्षक समन्वय समितिका अध्यक्ष बिनोद मेहता, नव नेपाल निर्माण पार्टीका मुकेस सरावगी, वाणका केन्द्रिय सदस्य आशिक अंसारी, प्रेस चौतारीका अनुप तिवारी, नेपाल पत्रकार महासंघ पर्साका निवर्तमान सचिव युवराज खडका, क्रान्तिकारी पत्रकार संघका कृष्ण उदास खनाल, हिमराईटस बाराका संयोजक ओमप्रकाश गिरी, क्रान्तिकारी पत्रकार संघ बाराका सचिव प्रभु यादव, भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण प्रसाद साह, पत्रकार दिपक चौरसिया, लगायतको उपस्थिति रहेको थियो ।
पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेलले गर्नु भएको थियो ।