वीरगंज, ७ साउन । केही समय यतादेखि विभिन्न सामाजिक कार्यक्रममा निरन्तरता दिइरहेको वीरगंज स्थित लायन्स क्लवहरुले शनिवार विशाल रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सभासद श्यामसुन्दर टिवडेवालको प्रमुख आतिथ्यमा लायन्स क्लव अफ वीरगंज ग्रीन र कपलद्वारा संयुक्त रुपमा आयोजना गरिएको सो रक्तदान कार्यक्रमका ऋतिका क्षेत्री, अवेदा बानु शाह, आलियाना आले, पूजा शर्मा का साथै सात जना महिला र ५३ पुरुषसहति करिब ६१ जनाले रक्तदान गरेको लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानुले जानकारी दिनुभयो ।
प्रमुख अतिथि सभासद टिवडेवालले रक्तदान गरेर प्रारम्भ गर्नु भएको सो कार्यक्रमा डिस्ट्रिक्ट सेक्रेटरी लायन डि.एन. अग्रवाल, लायन मनोहर टिवडेवाल, लायन रामविहारी पाण्डे, लायन विजय गुप्ता, लायन देव चौधरी, डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानु, लायन रामेश्वर गूप्ता, रोहन गुप्ता, विनोद गुप्ता, विशाल अग्रवाल, वैजनाथ राम, लायन पूजा पोदार, सिता अग्रवाल, अनुज रुंगटा, प्रदीप गुप्ता, राधेश्याम खेतान, गणयेश बगाडिवा, ला. वीरेन्द्र मुंगडा, विनोद अग्रवाल, नविन मित्तल, मोहित अग्रवाल, कमलेश अग्रवाल, ताराचन्द्र शर्मा, मुकेश खेतान, पुनम रुंगटा, सुनिता शर्मा, बबिता अग्रवाल, ऋतु मिक्त, उषा खेतान, नन्दनी अग्रवाल, प्रतिमा बगाडीया, नेहा केडिया लगायतको सहभागिता रहेको थियो ।
वीरगंज स्थित लायन्स क्लवले जस्तै सबै संघ संगठन र व्यक्ति मिलेर कहिले नगर विकास, कहिले सरसफाइ कहिले रक्तदान गरी समाजिक सेवामा योगदान दिइरहने हो भने वीरगंजको नामले पनि प्रसिद्धि पाउने डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानुको धारणा रहेको छ ।
कार्यक्रम वीरगंजस्थित टिवडेवाल धर्मशालामा आयोजना गरिएको थियो ।