क्राइमचेक प्रतिनिधि/
वीरगंज/पन्ध्र वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधवार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध नियन्त्रणका लागि खटिएको प्रहरीको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस वडा नम्बर ७ घर भई हाल वीरगंज उपमहानगरपालिका वडा नम्बर २ छपकैया बस्ने ३४ वर्षका सन्तोष साह सुढीलाई पक्राउ गरेको जनाइएको छ ।
साहले वीरगंज मूर्लीकी १५ वर्षीया किशोरीलाई छपकैयास्थित आफनो डेरामा लगेर असार तीन गते देखि १७ गतेसम्म पटक पटक जबरजस्ती करणी गरेको भन्ने किशोरीका अभिभावकको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका साह सुढीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
साह एक औषधि कम्पनीको एम आरको रुपमा कार्यरत रहेको जनाइएको छ ।
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार

Nepalese Rupee Exchange Rate