वीरगन्ज, २९ असार /
लक्ष्मी साहित्य समाज पर्साले आज भानुभक्त आचार्यको २०० औं जन्मजयन्तीको अवसरमा झाकी सहितको प्रभातफेरि तथा कवितावाचन कार्यक्रमको आयोजना गरेको छ । भानुभक्तको जीवनमा आधारित कारागार सहितको झाकी वीरगन्जको घण्टाघरबाट निकाली नगरको विभिन्न भाग परिक्रमा गर्दै होटल मकालुमा पुगी सभा तथा कवितावचन कार्यक्रममा परिणत भएको थियो । सो कविता वाचन कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार डा. निर्मोही व्यास रहनु भएको थियो भने विशिष्ठ अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय रहनु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि व्यासले दिनप्रति दिन साहित्य विभूतिहरुलाई विर्सिदै गइ रहेको परिवेशमा लक्ष्मी साहित्य समाज पर्साले भानुभक्त आचार्यको सम्झनामा यस्तो कार्यक्रमको आयोजना गर्नु निकै सह्रानीय कुरा रहेको बताउंदै वीरगन्ज स्थित बसपार्कको भानुचोकमा रहेको भानुभक्तको शालिक हिजोको अवस्थाले तोडिएपनि अब त्यसलाई पुन: निर्माण गर्ने जिम्मेवारी वीरगन्जका अग्रज, युवा साहित्यकारहरुको कांधमा रहेको हुदा यो शालिक आगामी वर्षसम्म निर्माण भएर सोही ठाउंबाट जन्मजयन्तीको कार्यक्रम शुरु गर्न सक्यौं भने अति राम्रो हुन्छ र मलाई पूर्ण विश्वास छ कि यो कार्य सफल हुन्छ भन्नुभयो । त्यसैगरि विशिष्ठ अतिथि प्रजिअ बजिमयले नेपाली साहित्य क्षेत्रमा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको भन्दै वहांले नेपाली भाषामा पुर्याउनु भएको योगदानलाई हामीले कहिले पनि विर्सिनु हुदैन भन्नु भएको थियो । लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष महेशचन्द्र गौतमको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा अतिथि वीरगन्ज पब्लिक कलेजका निर्देशक डा. दीपक शाक्य, सिद्धार्थ इन्टरनेशनल कलेजका डा विश्वम्बर शर्मा लगायतले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंह लगायत वीरगन्ज स्थित विभिन्न स्कुलहरु ज्ञानज्योति उच्च माध्यमिक विद्यालय, गौतम माध्यमिक विद्यालय, डल्फिन एकडेमी, एन्जल माध्यमिक विद्यालयका विद्यार्थीहरु, शिक्षक, साहित्यकार लगायत स्थानीय सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सोही कार्यक्रमबीच कविहरु नन्दकिशोर गोयल, फडिन्द्र अधिकारी, शिवहरि पौडेल, मोहन देवकोटा, यमुना प्रधानाङ, दिलीपराज कार्की, गौतम मा.वि.का संयुक्त विद्यार्थी टोली, डल्फिन एकडेमीका छात्र अरविन्द यादव, लिलाराज दहाल, रमेश समर्थन, बलदेव उपाध्याय, रामक्षेत्री, मोर्तिउर रहमान, समिर पाख्रिन, अप्सरा पुडासैनी लगायतले आआफ्नो कविता रचना वाचन गरेका थिए । कार्यक्रममा कविता वाचन गर्ने कविहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो भने विशिष्ठ अतिथि तथा प्रमुख अतिथिलाई कार्यक्रमका सभापति महेशचन्द्र गौतमले मायाको चिनो प्रदान गर्नुभएको थियो । सो कार्यक्रमलाई लक्ष्मी साहित्य समाजकी उपाध्यक्ष मायामितु न्यौपानेले संचालन गरेकी थिइन् ।