देवरानीको कुटाइबाट जेठानीको मृत्यु

रामेछाप/देवरानीको कुटाइबाट रामेछापमा एक जनाको ज्यान गएको छ । जिल्लाको बेताली गाविस १ की ३२ वर्षीया राधा रो
काको देवरानीको कुटाइबाट ज्यान गएको हो ।
मदिरा सेवन गरी झगडा गर्ने राधाले देवरानी तुलसा रोकालाई ससुरासँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएपछि तुलसाको कुटाइबाट उनको ज्यान गएको हो । मदिरा सेवन गरी राधाले झगडा गरेपछि दुईबीच कुटाकुट भएको थियो ।
कुटाकुटबाट गम्भीर घाइते भएकी राधाको उपचारका लागि दोलखा लैजाने क्रममा बाटोमा ज्यान गएको हो । प्रहरीले तुलसा रोकालाई नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानमा तुलसाले आफूलाई जथाभावी गाली गरेपछि रिसको झोंकमा कुटेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।


SHARE THIS

Author:

Facebook Comment