सीता राईलाई न्याय ?

काठमाडौं/बैदेशिक रोजगारमा कतारबाट फर्कदा कमाएको पैसासंगै सतित्व समेत गुमाएकी सीता राई (परिवर्तित नाम ) ले बल्ल न्याय पाएकी छिन् । विशेष अदालतले राईसंग घुस लिने अध्यागमनका कर्मचारीलाई दोषी ठहर गर्दै ४ महिना कैद सजाय सुनाउदै न्याय दिएको हो ।
अर्काको राहदानीमा कतार पुगेकि उनी स्वदेस फर्कदा बिमानस्थलमा अध्यागमनका कर्मचारीले घुस लिएका थिए भने एक प्रहरीले सहयोगको बहानामा गेष्टहाउस लगेर बलत्कार गरेका थिए ।
अध्यागमनका तत्कालिन अधिकृत रामप्रसाद कोइराला टीका पोखरेल, सोमनाथ खनाल र प्रहरी जवान पर्शुराम बस्नेतलाई  विशेषका न्यायधिष केदारप्रसाद चालिसे सहितको संयुक्त इजलासले ४ महिना कैद सजाय सुनाएको हो । अदालतले उनिहरुलाई ५९ हजार समेत जरिवाना गराएको छ ।
बस्नेतमाथि बलात्कारको घटनामा समेत कानुनि कार्वाही भइसकेको छ । जिल्ला अदालतबाट उनलाइ एक बर्ष कैद सजाय सुनाएको थियो । अध्यागमनका कर्मचारीले नक्कली राहदानी लिएबापतको कानुनी  कार्वाहीबाट जोगाउने भन्दै राईसँग भएको ८ हजार ५ सय साउदी रियल लिएका थिए भने प्रहरी जवानले नयाँ बसपार्कको एक गेष्ट हाउसमा लगेर बलत्कार गरेका थिए ।


SHARE THIS

Author:

Facebook Comment