वीरगंज/राज्यको हरेक तह र तप्कामा बढ्दै गएको दण्डहिनता, अनुशासनहीनता गाउँ–गाउँसम्म पुगेको छ ।
ग्रमिण क्षेत्रको व्यस्त बजारमा हेलमेट बिना नै मोटरसाइकल चलाइरहेका युवकलाई प्रहरीले सुरक्षाको कारण हेल्मेट लगाएर मात्र मोटरसाइकल चलाउन आग्रह गरेपछि उल्टै प्रहरीसँग विवाद गर्दा त्यसले उग्र रुप लिन थालेपछि नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
पर्साको जानकी टोला स्थित बजारमा बजारमा बुधवार विहान हेलमेट बिना नै गाडी चलाइरहेका सो गाविसका पूर्व अध्यक्ष कृष्णमोहन यादवका छोरा रंजन यादवलाई प्रहरीले सम्झाउन खोज्दा चेकपोष्टमा खटिएका प्रहरीमाथि कुटपिट गर्दै ग्रामिण क्षेत्रमा आफूले कुनै पनि नियम नमान्ने जनाएपछि विवादले झडपको रुप लिएको थियो । उक्त झडपमा प्रहरीसहित दश जना घाइते भएको जनाइएको छ ।
झडपमा परी आसवारी प्रहरी चौकीका प्रसनि संजिव जयसवाल, प्र.ह. विनय झा, जानकी टोला प्रहरी चौकीका हवल्दा जीवनाथ धितालसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते गाउँलेहरूको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पोखरीया, सेढवा, पाँडेपुर, आसवारीलगायत आसपासका क्षेत्रबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
चालककै सुरक्षाकोलागि आग्रह गर्दा उल्टै कुटाइ खानुपर्ने स्थिति देखेर प्रहरीहरू आक्रोशित बनेका छन् । प्रकाशित मिति:२०७१ असार १२ गते बिहीवार

Nepalese Rupee Exchange Rate