‘विधेक अराजकता नियन्त्रणकोलागि’


विराटनगर/कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले अदालतको अवहेलना सम्बन्धी विधेयकले कसैलाई पनि असर नपार्ने बताउनु भएको छ ।
विधेयकको विरोधले सरकार अचम्ममा परेको भन्दै गौतमले यो विधेयकले अराजकतालाई नियन्त्रण गर्ने दाबी गर्नुभयो ।
उहाँले अवहेलना सम्बन्धी विधेयकको विरोध गर्नेहरुलाई निरंकुशको संज्ञा पनि दिनुभयो । सरकारले संसदमा पेश गरेको विधेयकको विरोध विधेयक पास हुन्न दिन्न र पास भए जलाउँछु भन्नेहरुले निरंकुश बन्न खोजेको गौतमको आरोप थियो । सरकारले संसदमा पेश गरेको अवहेलना सम्बन्धी विधेयकको सबै क्षेत्रबाट विरोध भइरहेको छ ।
“सरकार बिधेयक ल्याउने विषयमा निरंकुश बन्न सक्दैन, सरकारले पेश गर्ने काम गरेको हो” गौतमले भन्नुभयो “सबै संबैधानिक निकाय र अदालतलाई समेत कानुनी दायरामा ल्याउन संसदमा पेश भएको यो विधेययकको विरोध गर्नुको अर्थ छैन ।”उहाँले यो विधेयक पास भएपछि अदालत र व्यवस्थापिका संसदलाई पनि मानहानी मुद्दा लाग्ने बताउनुभयो ।
बिराटनगर बिमानस्थलमा पत्रकारसित कुरा गर्दै गौतमले अदालतलाई गलत बाटोमा जान नदिन विधेययक संसदमा लगिएको बताउनुभयो । प्रकाशित मिति:२०७१ असार १२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment