वीरगंज ८ असार, नारायणी उप–क्षेत्रीय अस्पताल विकास समितिलाई आज विभिन्न संघ संस्था तथा समाजसेवीहरुले १८ वटा पंखा हस्तान्तरण गरेका छन् ।
नारायणी उपक्षेत्रिय अस्पतालको सभाहलमा आयोजित एक समारोहका बिच सिप्रदीयन सहायता संस्था, अरुणोदय महिला क्लब, तारादेवी सरावगी, शकुन्तलादेवी सरावगी, ओम प्र. सिकारिया, गोपाल गाडीया, निरन्जन चौधरी, अनिरुद्ध कलवार, सुरेश टीबडेवाल, अंकित बगडीया, दीपक तुल्स्यान, संजय बेरिवाल, स्व. कौलेश्वर साह कानुका छोरा दिपक साह कानु, परमानन्द टीबडेवालले संयुक्त रुपमा २५ थान पंखा सहयोग गरेका छन् जसमध्ये अस्पताललाई १८ थान आज एक समारोहका बिच नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामशंकर ठाकुरलाई दाताहरुले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । बाकि रहेको पंखा वीरगंज युवा समाजलाई २ थान र वीरगंज कारागारलाई ५ थान हस्तान्तरण गर्ने कार्यक्रम संयोजक मुकेश सरावगीले बताए ।
कार्यक्रममा अस्पतालका मेसु. ठाकुरले अस्पतालको परिचय दिदै काठमाडौंको बिर अस्पताल भन्दा नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज १ दिन कान्छो रहेको चर्चा गर्दै अस्पतालको पुरानो गतिविधि तथा आउदो समस्या र सम्भावना लगायत सेवाग्राहिलाई दिन सक्ने सेवा सुविधाको बारेमा जानकारी गराउनु भभयो । कार्यक्रममा तमलोपाका सभासद् रमेश कुर्मीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नु पर्ने र सम्पूर्ण सभासद्हरु मिलेर नारायणी उपक्षेत्रि अस्पतालको विकासमा लाग्नु पर्ने बताए । अर्का नेपाली काँग्रेसका सभासद् राजेन्द्र बहादुर अमात्यले दलिय स्वार्थ भन्दा माथि उठे मात्र अस्पतालको विकास सम्भव रहेको बताए । वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रदिप केडियाले दाताहरुलाई उचित सम्मान नदिएकै कारण सहयोगमा कमि आएको बताउदै आगामि दिनमा उचित वातावरणको व्यवस्था हुने हो भने वाणिज्य संघले कुनै किसिमको सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता जनाए ।
नारायणी उपक्षेत्रिय अस्पतालको इमरजेन्सीमा एसीको आवश्यकता भएको सन्दर्भमा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकास सिकारीयाले आफु लगायत आफनो पहलमा सो सामग्री चाडै उपलब्ध गराउने बताए । स्थानिय विकास अधिकारी दिलिप चापागाईले जिविसबाट पहिला पनि अस्पताललाई सहयोग भइरहेको बताउदै त्यो कार्यलाई निरन्तरता दिने बताए । वितरण समारोहमा नेकपा एमालेका चिरञ्जीवी आचार्य, एनेकपा माओवादीका बाबुराम कौशिक, स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्ण कुमार खनाल, नेपाल पत्रकार महासंघ पर्साका सहसचिव शेखर छतकुली र केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक सितल महतो, सिप्रदि सहायता संस्थाका श्रवण राणा, कलवार युवा समितिका अध्यक्ष मनोज कलवार, नव नेपाल निर्माण पार्टीका अध्यक्ष अनुरुद्ध कलवार लगायतको उपस्थिति रहेको थियो । सद्भावना पार्टीका केन्द्रिय सदस्य निजामुद्दिन समानीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मनतव्य अस्पतालका मेसु रामशंकर ठाकुर र सहजीकरण मधेसी पत्रकार समाजका अध्यक्ष संतोष पटेलले गरेका थिए ।

Nepalese Rupee Exchange Rate