संविधान जारी भए एक मिनेटमै पद त्याग्छौंःउपराष्ट्रपति झा

सर्लाही, फागुन २ - उपराष्ट्रपति परमानन्द झाले छ महिना भित्र संबिधान जारी गरेमा पनि आफूहरू पद छोडन तयार रहेको बताउनुभएको छ ।
सर्लाही सदरमुकाम मलंगवामा भएको कार्यक्रमा उपराष्ट्रपति झाले संबिधान जारी भएपछि आफूहरू एक मिनेट पनि पदमा नबस्ने दावी गर्नुभएको हो ।
अघिलो संबिधानसभाले राष्ट्रपति र उपराष्ट्रपति दुबैलाई संबिधान जारी नहुनजेलसम्मका लागि निर्वाचित गरेको बताउनुभयो ।
संबिधान जारी नहुन्जेल नागरिकले राजनीतिक दलहरूलाई दबाब दिनु पर्ने झाले बताउनुभयो । संघीयताको बारेमा राजनीतिक दलहरू प्रष्ट नदेखिएको भन्दै उपराट्रष्पति झाले एक वर्षभित्रमा दलहरूको कारण संबिधान बन्नेमा शंका रहेको बताउनुभयो  ।

SHARE THIS

Author:

Facebook Comment