दाइजोको कारण एक महिलाको हत्या

उमेश दुबे
बारा/दाईजोको कारण बारामा एक महिलाको हत्या भएको छ । बाराको गाविस पत्रहटी वडा नं. ९ बस्ने मखन सहनीको छोरा रामबली सहनीको २१ ब्र्षिय श्रीमति खुस्बुदेवी सहनीको हत्या भएको हो ।
दाईजो कम ल्याएकी भनि कर्तव्य गरी मारी लास दवाउनको लागि बाराको गा.वि.स. बरियारपुर वडा नं. ७ स्थित भुतही खोलाको किनारमा लास गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो । घिमिरेले जानकारी द्रिए अनुसार खुस्बुदेवी सहनी आफ्नै घरबाट २०७०/०९/१७ देखी हराएको सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बरियारपुरको टोली खोजतलाश गरिरहेको अवस्थामा २०७०/०
९/२० गतेका दिन दिउसो करिब १२:३० बजेको समयमा लास फेला परेको बताउनु भयो । पोष्टमार्टम पश्चात पति, सासु, ससुरा समेत उक्त घटनामा संलग्न रहेको खुलेपछि पति, ससुरा फरार रहेको र सासु आफ्नो नियन्त्रणमा रहेको र दुई जनाको खोजतलाश भइरहेको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो ।


SHARE THIS

Author:

Facebook Comment