नेपाल परिवार दलको प्रचार अभियान तिब्र

आसन्न संविधान सभाको निर्वाचनको लागि नेपाल परिवार दल पर्वत क्षेत्र नं २ ले आफ्नो प्रचार अभियानलाई तिब्र पारेको छ । उक्त कार्यक्रम अन्र्तगत पर्वत जिल्लाको कार्कीनेटा गाविसका विभिन्न बार्डमा बुधवार घर दैलो, भेटघाट तथा अन्र्तरक्रिया कार्यक्रम संचालन गरेको हो ।
सो अवसरमा वोल्दै नेपाल परिवार दल पर्वत क्षेत्र नं. २ का उम्मेदवार श्रीमती समिक्षा शर्माले तोकिएकै समयमा जनसंविधान निर्माण तथा समृद्ध नेपालको लागि चुनाव चिन्ह साँचोमा मतदान गर्न सम्पुर्ण मतदाता लाई आग्रह गर्नुभयो ।

उम्मेदवार शर्माले संविधान सभाको पहिलो निर्वाचनले माओवादी, काङ्ग्रेस तथा एमालेलाई नेपाली जनताले मत दिएपनि उनीहरुवाट संविधान निर्माण हुन नसकेको तथा राष्ट्रले गति लिन नसकेको आरोप लगाउनुभयो ।
संविधान सभा ६ वर्षसम्म क्रियाशिल रहँदा पनि देशमा संविधान निर्माण हुन नसक्नुको जड तिन दलिय स्वार्थ भएको बताउँदै शर्माले यस पटकको निर्वाचनमा अन्य दलहरुको बर्चस्व बढ्ने शर्माको दावी थियो ।
सो अवसरमा शर्माले कृषि, पर्यटन तथा जलविद्युत वाटै देशको विकास सम्भव हुने धारणा राख्नुभयो । रोजगारीको लागि बिदेशीने युवायुवती लाई स्वदेशमै रोजगारी सृजना गर्न आवाश्यक रहेको बताउँदै उम्मेदवार शर्माले बिद्यमान गरिबि, भ्रष्टाचार, असुरक्षा, बिकृति र बिसंगतीको अन्त्य गरि समुन्नत समाज निर्माण गर्नको लागि आफ्नो दल लागि परेको वताउनुभयो  ।
यसैगरि नेपाल परिवार दल क्षेत्र नं १ ले पनि आफ्नो प्रचार अभियानलाई तिब्र पारेको छ । उक्त अभियान अन्र्तगत बुधवार पर्वत जिल्लाको दुर्लुङ गाविसबाट पोखरामा बसोवास गर्ने मतदाताहरु सँग भेटघाट तथा अन्र्तरक्रिया सम्पन्न भएको क्षेत्र नं. १ का उम्मेदवार बावुराम शर्माले वताउनुभयो ।


SHARE THIS

Author:

Facebook Comment