बारा, असार २५ - बाराको कलैयास्थित जिल्ला शिक्षा कार्यालयमा पिसिएफ शिक्षकहरुले आज आगजनी गरेका छन ।
विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको पिसिएफ शिक्षक संघर्ष समिति बारामा आबद्ध पिसिएफ शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा मंगलवार दिउँसो आगजनी गरेका हुन ।
आगजनीबाट शिक्षा कार्यालयको मिटिङ हलमा राखिएको ९ ओटा बोरामा रहेको एसएलसीको उत्तरपुस्तिका र ९ ओटा कुर्सी जलेर नष्ट भएको बाराका सहायक शिक्षा अधिकारी हरि राउतले जानकारी दिनुभयो ।
विभिन्न चरणको आन्दोलन गर्दा पनि आफूहरुको मागको कुनै सुनुवाइ नभएको र जिल्ला शिक्षा कार्यालयमा शिक्षा अधिकारी उपस्थित नभएको भन्दै आन्दोलनरत पिसिएफ शिक्षकहरुले शिक्षा कार्यालयमा आगजनी गरेका हुन ।
आगजनीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरीको टोली जिल्ला शिक्षा कार्यालय पुग्दा आगजनी गर्नेहरु भागेको प्रत्यक्षदर्शीले बताएका छन ।

Nepalese Rupee Exchange Rate