यौनशोषणको आरोपमा भारतमा पूर्वमन्त्री पक्राउ

असार २५ – यौन शोषणको आरोप लागेका भारत मध्य प्रदेशका पूर्व अर्थमन्त्री राघवजी मंगलबार पक्राउ परेका छन् ।
भोपाल प्रहरीले राघवजीलाई उहाँकै घरबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आफ्ना सहयोगी राजकुमार दांगीमाथि यौन शोषण गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा समेत दिनुभएको थियो । प्रहरीले उहाँमाथि भारतीय दण्ड संहिता अन्तर्गत अप्राकृतिक गतिविधि गरेको, धम्की दिएको साथै अन्य धाराहरुमा रहेर मुद्धा दर्ता गरेको छ ।
यौनकाण्डमा मुछिएपछि उहाँलाई सत्तारुढ भारतीय जनता पार्टी भाजपाले ६ वर्षका लागि निष्कासित गरेको छ । साथै भाजपाको विपक्षीहरुले यसको चर्को आलोचना गरेका छन् ।

SHARE THIS

Author:

Facebook Comment