काठमाडौ, असार २५ – एक दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री सलमान खुर्शीद राष्ट्रप्रमुख, सरकार प्रमुख र बिभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर स्वदेश फर्कनुभएको छ ।
मंगलबार बिहान ९ बजे काठमाडौ आइपुग्नुभएका खुर्शीदले राष्ट्रपति रामवरण यादव,
मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री माधव घिमिरे र बिभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर साँझ ६ बजे भारत फर्कनुभएको हो ।
काठमाडौमा आउने वित्तिकै उहाँले सिंहदरबारमा परराष्ट्र तथा गृहमन्त्री माधवप्रसाद घिमिरेसँग दुईपक्षीय हित र सहयोगको विषयमा छलफल गर्नुभएको थियो । छलफलमा डुबान, व्यापार वाणिज्य लगायत क्षेत्रका समस्या वार्ताबाट समाधान गर्ने
सहमति भएको छ ।
नेपालमा उत्पादित सामाग्रीमा भारतले लगाउँदै आएको अतिरिक्त भन्सार महशुलको प्रावधान अन्त्य गर्ने तथा निर्यात प्रवद्र्धनका सबै बाधा हटाउन दुवै मुलुकका वाणिज्य सचिव नेतृत्वको संयुक्त समितिले आवश्यक काम गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
व्यापार सहजीकरण, प्रयोगशाला परीक्षण, जलस्रोत, प्रत्यर्पण सन्धि, अतिरिक्त भन्सार महशुल लगायत पारस्पारिक हित र द्विपक्षीय चासोका सबै विषयमा छलफल भएको थापाले जानकारी दिनुभयो ।
खुर्शीदले सिंहदरबारमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भएको भेटमा भारतीय विदेशमन्त्री खुर्शीदले भारतले संविधानसभा चुनावका लागि नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भारतले ७ सय ६४ वटा गाडी दिने
भेटमा भारतले नेपालमा निर्वाचन प्रयोजनका लागि ७ सय ६४ वटा गाडी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । ७ सय १६ वटा गाडी सुरक्षा निकाय र ४८ वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।
भेटमा भारतीय विदेशमन्त्री खुर्शीदले संविधानसभा चुनावको मिति घोषणा भएकोमा स्वागत गर्नुभएको थियो । यस्तै दार्चुलाका बाढी पीडितलाई दुईपक्षीय छलफल गरेर आवश्यक सहयोग गर्ने विषयमा पनि कुराकानी भएको छ । खुर्शीदले शितल निवासमा राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेट गर्नुभएको छ ।
नेताहरु खुर्शीद भेट्न होटलमै पुगे
विभिन्न दलका नेताले भारतीय विदेश मन्त्री सलमान खुर्शीद बसेकै होटल द्वारिकाजमा गएर भेटवार्ता गरेका छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द पौडेल, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खुर्शीदलाई छुट्टाछुट्टै भेट्नुभएको हो ।
मधेशी मोर्चाका नेतालाई भने खुर्शीदले सामूहिक रुपमा भेट्नुभएको छ । भेटपछि सबै पार्टीका नेताले भारतले नेपालमा स्थायित्व र संविधानसभाको चुनाव चाहेको बताएका छन् ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा खुर्सीदले संविधानसभाको चुनाव तोकिएको समयमा होस भन्ने भारतको चाहना ब्यक्त गर्नुभएको भेटमा सहभागी माओवादीका विदेश विभाग प्रमुख राम कार्कीले जानकारी दिनुभयो । सबै भेटवार्ता सकेपछि खुर्शीदले साँझ पत्रकार सम्मेलन गरेर स्वेदश फर्कनुभएको हो । श्रोत : सूर्यकुमार क्षेत्री/उज्यालो

Nepalese Rupee Exchange Rate