राजविराज, असार २५ । अविरल वर्षाका कारण सप्तरीमा दुई हजार भन्दा बढी घरहरु डुवानमा परेका छन् । पोर्ताहामा महुली नदीको बाढीले बाँध भत्काई वस्तीमा पस्दा वडा नम्वर ४, ६, ७, ८ र ९ मा १ हजार घर डुवानमा परेका छन् ।त्यसैगरी सप्तरीकै सुन्दरी खोलाको वाढीले वरमझिया गाविस वडा नम्वर २ र मैनाकडेरी गाविस वडा नम्बर ९ मा दुई सय घर डुवाएको स्थानीयवासीले बताएका छन् ।
वरमझिया वडा नम्वर २ का १ सय ३५ घरका २ सय ५० जना स्थानीय विद्यालयमा आएर बसेको सशस्त्र प्रहरी वल दन्तकालीले जनाएको छ । वाढीले वदगामा र वैरवामा समेत केही घर डुवानमा पारेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी सप्तरीको घोघनपुरमा पौडाहा खोलाको बाँध भत्किँदा घोघनपुर– ३ र ४ नम्बर वडाका ७५ घर डुवानमा परेका छन् । वाढीले धानवालीमा समेत क्षति पुर्याएको छ ।
Nepalese Rupee Exchange Rate