अशोक सुजन श्रेष्ठ/
आदिवासी जनजाति नेतृत्व विकास तथा अधिकार सवाल विषयक दुई दिने अभिमुखिकरण तालिम आज हेटौँडामा सकिएको छ । आदिवासी जनजाति समन्वय समिति र जिल्ला विकास समिति मकवानपुरको संयुक्त आयोजनामा भएको तालिममा विभिन्न आदिवासी जनजातिका संघसंस्था, गाउँ समन्वय समिति÷परिषद, बिद्यार्थी महासंघ, पत्रकार महासंघका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा
जिल्ला बिकास समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, पुनराबेदन बार एशोसिएसन हेटौँडाका निबर्तमान अध्यक्ष अमृतकुमार लामा, गैरसरकारी संस्था महासंघका मकवानपुर उपाध्यक्ष कमलकुमार विश्वकर्मा र रामजी अधिकारीले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रम संयोजक फुर्वा लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरका निवर्तमान उपाध्यक्ष लिलाकुमार घलान, सदस्यहरु भिमबहादुर लामा, चिनीयामाँन लामा, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष मेम्बर लो, नेपाल मगर संघका जिल्ला अध्यक्ष दुधराज थापा मगर, तमु ह्यूल छोज धिँका जिल्ला सचिव जंगबहादुर गुरुङ्ग, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष हरिलाल चौधरी, किराँत याक्थुम चुम्लुङका सल्लाहकार सम्राट तुम्बाहाम्फे, माझी उत्थान समाजका जिल्ला अध्यक्ष बद्री माझी, नेवाः देय् दबुका जिल्ला उपाध्यक्ष अनिल खड्गी, ह्याङला तामाङ समाजका जिल्ला अध्यक्ष आत्माराम मोक्तान लगाएतको उपस्थिती रहेको थियो ।
Nepalese Rupee Exchange Rate