आर.सि.एनबाट
वीरगंज २४ गते अषाढ / माली जाती उत्थान मंच नेपालको केन्द्रिय कार्य समितिको तेस्रो बैठक कार्यक्रम वीरगंजमा केन्द्रिय अध्यक्ष ज्वाला प्रसाद मालीको अध्यक्षतामा आज दुई दिने बैठक सम्पन्न भएको छ ।
सो केन्द्रिय कार्य समितिको तेस्रो बैठकले नेपालको बिभिन्न जिल्लामा रहेका माली जाती अन्य जातीहरुभन्दा ज्यादै पछाडी रहेकोले राज्यद्वारा माली जातीलाई पिछडावर्गको सुचीमा अति पिछडाबर्गमा उल्लेख गर्नु पर्ने, राजनीति पार्टीहरुले संबिधान सभाको अगामी चुनावमा जातीलाई पनि समावेशीको आधारमा प्रतिनिधित्व गराउनु पर्ने, सरकारले निर्धारण गरेको निजामति सेवाको माली पदमा माली जातीलाई नै नियुक्ति दिनु पर्ने, राज्यको बिभिन्न अङ्गमा माली जातीलाई पनि अल्पसंख्यकको आधारमा सेवा सुबिधा प्रदान गर्नु पर्ने, राज्यले प्राबिधिक तथा अप्राबिधिक उच्च शिक्षा अध्ययनको लागी राज्यद्वारा
आरक्षणको ब्यवस्था गर्नु पर्ने र अन्य पिछडाबगलाई राज्यले दिएको सेवा सुबिधा सरह उपलब्ध गराउनु पर्ने लगायतका मॉगलाई लिएर अधिराज्यभरका सम्पुर्ण जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र नेपाल सरकारका प्रधान मन्त्री समक्ष बुझाउने कार्यक्रम समेत निर्णय गरिएको छ ।
साथै बैठकमा माली जातिहरुको अधिकारीक तथ्याङ्क संकलन गर्ने, युवा र महिलाको संगठन बिस्तार गर्नको लागी केन्द्रिय संगठनको बिस्तार गर्ने, माली जाती उत्थान मंचलाई ब्यापक बिस्तार तथा कार्यक्रम तैयारीको लागी आर्थिक कमिटीको बिस्तार गर्ने, मंचको अगामी कार्यक्रमलाई सशक्त रुपमा योजना निर्माण गर्नको लागी केही दिन भित्र माली जातीका प्रभावशाली ब्यक्तित्वको बैठक बस्ने कुरा अध्यक्ष मालीले बताए ।
उक्त बैठकमा उत्थान मंच नेपालका केन्द्रिय उपाध्यक्ष मनराज माली र सुवास भगत माली, महासचिव जयराम भगत, केन्द्रिय सदस्य राम किसोर भगत, विनोद मालाकार, तथा केन्द्रिय सल्हाकार गंगा प्रसाद माली लगायतको उपस्थिती रहेको थियो ।
वीरगंज २४ गते अषाढ / माली जाती उत्थान मंच नेपालको केन्द्रिय कार्य समितिको तेस्रो बैठक कार्यक्रम वीरगंजमा केन्द्रिय अध्यक्ष ज्वाला प्रसाद मालीको अध्यक्षतामा आज दुई दिने बैठक सम्पन्न भएको छ ।
सो केन्द्रिय कार्य समितिको तेस्रो बैठकले नेपालको बिभिन्न जिल्लामा रहेका माली जाती अन्य जातीहरुभन्दा ज्यादै पछाडी रहेकोले राज्यद्वारा माली जातीलाई पिछडावर्गको सुचीमा अति पिछडाबर्गमा उल्लेख गर्नु पर्ने, राजनीति पार्टीहरुले संबिधान सभाको अगामी चुनावमा जातीलाई पनि समावेशीको आधारमा प्रतिनिधित्व गराउनु पर्ने, सरकारले निर्धारण गरेको निजामति सेवाको माली पदमा माली जातीलाई नै नियुक्ति दिनु पर्ने, राज्यको बिभिन्न अङ्गमा माली जातीलाई पनि अल्पसंख्यकको आधारमा सेवा सुबिधा प्रदान गर्नु पर्ने, राज्यले प्राबिधिक तथा अप्राबिधिक उच्च शिक्षा अध्ययनको लागी राज्यद्वारा आरक्षणको ब्यवस्था गर्नु पर्ने र अन्य पिछडाबगलाई राज्यले दिएको सेवा सुबिधा सरह उपलब्ध गराउनु पर्ने लगायतका मॉगलाई लिएर अधिराज्यभरका सम्पुर्ण जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र नेपाल सरकारका प्रधान मन्त्री समक्ष बुझाउने कार्यक्रम समेत निर्णय गरिएको छ ।
साथै बैठकमा माली जातिहरुको अधिकारीक तथ्याङ्क संकलन गर्ने, युवा र महिलाको संगठन बिस्तार गर्नको लागी केन्द्रिय संगठनको बिस्तार गर्ने, माली जाती उत्थान मंचलाई ब्यापक बिस्तार तथा कार्यक्रम तैयारीको लागी आर्थिक कमिटीको बिस्तार गर्ने, मंचको अगामी कार्यक्रमलाई सशक्त रुपमा योजना निर्माण गर्नको लागी केही दिन भित्र माली जातीका प्रभावशाली ब्यक्तित्वको बैठक बस्ने कुरा अध्यक्ष मालीले बताए ।
उक्त बैठकमा उत्थान मंच नेपालका केन्द्रिय उपाध्यक्ष मनराज माली र सुवास भगत माली, महासचिव जयराम भगत, केन्द्रिय सदस्य राम किसोर भगत, विनोद मालाकार, तथा केन्द्रिय सल्हाकार गंगा प्रसाद माली लगायतको उपस्थिती रहेको थियो ।
Nepalese Rupee Exchange Rate