नेपाली कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले तोकिएकै समयमा संविधान सभाको निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । राजधानीमा कांग्रेस पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९० औ जन्मजयन्तीको अवसरमा गरिएको कार्यक्रममा नेता देउवाले यस्तो धारणा राखेका हुन् ।
उनले संविधान सभाको निर्वाचन गरी संविधान सभाबाटै नयाँ संविधान बनाउन सकेमात्र कोइरालाको आदर्शलाई सम्मान गरेको ठहरिने बताए । कार्यक्रममा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले आन्दोलनमा रहेका दलहरु सहभागी नभएपनि संविधान सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए ।
उनले मुलुकलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएकाले कुनैपनि वहानामा निर्वाचन सार्न नमिल्ने बताए ।