भारतसँगको सम्झौता कार्यान्वयन नगर: सर्वोच्च

काठमाडौं २४ असारः सर्वोच्च अदालतले नेपाल भारतबीचका गृहसचिव स्तरीय सम्झौताको बुँदा नम्बर २१ र २५ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी रेको छ । न्यायाधीश तर्कराज भट्टको एकल इजसालले यस्तो आदेश दिएको हो ।अधिवक्ता श्रीप्रसाद पण्डितले सम्झौता
राष्ट्रिय हित बिपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।  १८ जेठमा काठमाण्डौंमा सम्पन्न भएको दुई देशबीचको गृहसचिव स्तरीय बैठकमा भएका २८ बुँदे सहमतिमध्ये नेपालको पशुपतिनगर र लुम्विनीमा भारतले अध्यागमन कार्यालय राख्ने तथा अन्तर्राष्ट्रिय बिमानस्थलको क्षमता बढाउन भारतसँग सहकार्य गर्ने बुँदा राष्ट्रिय हितमा नभएको भन्दै बदर गर्न रिटमा माग गरिएको थियो  ।

SHARE THIS

Author:

Facebook Comment