काठमाडौं, असार १२ । सरकारले अखाद्य जीवाणुसहितको दुध वितरण गर्ने अन्य दुग्ध उद्योग सरहनै सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई पनि कारवाही गर्ने भएको छ । आज राजधानीमा गरिएको कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले संस्थानबाट उत्पादित डिडिसी लगायतका दुधमा अखाद्य पदार्थ वा मिसावट पाइए कारवाही गरिने बताए ।
उपभोग्य वस्तुहरुमाथि मिसावट गर्ने र अखाद्य पदार्थ बेच्ने उद्योग तथा व्यापारीहरुमाथि कडा निगरानीमा राखिएको भन्दै उनले गल्ती गर्नेहरु सबैलाई कारवाही
हुने स्पष्ट पारे ।
कार्यक्रममा विभागकी महानिर्देशक जीवनप्रभा लामाले उपभोक्ताको हीतमा बनाइएको विद्यमान ऐन, कानून फितलो भएकै कारण कारवाहीमा समस्या भएको बताइन् । उनले पछिल्लो समय राजधानीका १६ वटा दुध डेरीलाई कारबाही गरिसकिएको पनि जानकारी दिइन् ।
दुग्ध विकास संस्थानका महाप्रवन्धक सियाराम सिंह भनेले दुध उत्पादनका क्रममा केही गल्ती भएको स्वीकार्दै आगामी दिनमा त्यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
केही समयअघि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकामा सञ्चालित दुई दर्जन बढी दुध डेरीबाट उत्पादित दुधको नमुना परीक्षण गर्दा दिसामा पाइने कोलिफर्म नामक हानीकारक जीवाणु भेटिएको थियो । यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विरोध भएपछि सरकारले केही दुध उद्योगहरुमा सिल गरेको थियो ।