एस.एल.सीको नतिजा सार्वजनिक हुँदै

२७ जेठ- परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसएलसीको नतिजा भोलिसम्म प्रकाशित हुने जनाएको छ । उत्तरपुस्तिका परीक्षण सकिएर सम्परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो । 

नतिजा सार्वजानिक गर्न तीव्र रुपमा काम भइरहेको भन्दै प्राविधिक समस्या कम गर्न लागि परेको बताउनुभयो । गत चैत्र १ देखि सुरु भई ९ गते सम्पन्न भएको ७९ औँ संस्करणको एसएलसी परीक्षामा पाँच लाख ४७ हजार एक सय ६५ जना विद्यार्थीहरु सहभागी भएका थिए । परीक्षार्थीको उत्तरपुस्तिका ६० केन्द्रमा परीक्षण भएको थियो । यस पटकको एसएलसी परीक्षामा नियमित तर्फ चार लाख ३० हजार ९७ र एक्जाम्टेड तर्फ एक लाख १७ हजार ६८ जना सहभागी भएका छन् ।


परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको भन्दा यो वर्ष नतिजा सार्वजानिक छिटो गर्ने जनाएको हो । नियम अनुसार परीक्षा दिएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्दछ । एसएलसीको नतिजा यो वर्ष पत्रिकामा प्रकाशित नगरिने र विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयको वेवसाइडमा हेर्न पाइने बताइएको छ । 

नतिजा भोलिसम्म सार्वजानिक गर्ने परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो । एसएमएस मार्फत पनि नतिजा थाहा पाउन सकिने छ । 

SHARE THIS

Author:

Facebook Comment