ड्‍यास माओवादीमा तीन दल मिल्ने

काठमाडौं, असार १३ -  नेकपा–माओवादी, नेकपा एकीकृत, नेकपा माओवादी र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकीककरण हुने भएको छ ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा एकीकृतका महासचि परि थापा, नेकपा माओवादीका संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचि मणि थापा सहभागी बैठकले पार्टी एकताका दिशामा अघि बढ्न सैद्धान्तिक र राजनीतिक विषयमा छलफल गर्दै जाने निर्णय गरेको छ ।
बैठकपछि चार नेताको हस्ताक्षरसहित जारी विज्ञप्तीमा सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी पार्टी र शक्तिहरुबीच क्रान्तिकारी एकीकरण र ध्रुवीकरणको प्रकृया अघि बढाउने भन्दै यसमा सहभागी हुन अरु क्रात्किारी शक्तिहरुलाई आह्वान गरिएको छ ।
देश र नागरिकका हक अधिकार र समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु बीचमा एकीकरण र ध्रुवीकरण अहिलेको आवश्यकता रहेको विज्ञप्तीमा उल्लेख छ ।

SHARE THIS

Author:

Facebook Comment