प्रहरी द्वरा मदिरा सेवन गरि स्थानीयवासीसंग दुव्र्यवहार

कलैया, २७ जेठ ।
डयुटिको समयमा मदिरा सेवन गरि स्थानीयवासीसंग दुव्र्यवहार गरेको भन्दै बाराको मधुवन स्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक विजय कान्त मिश्रलाइ जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरिक्षक मिश्रले मदिरा सेवन गरि स्थानीय केहि व्याक्तिलाइ गाली गलाजै गरको गुनासो आएपछि गएराति प्रहरी नायव उपरिक्षक नवराज अधिकारीको नेतृत्वमा गएको टोलीले मिश्रलाइ
नियन्त्रणमा लिइ कलैया स्थित  जिल्ला प्रहरी कार्यालयमा लइाएको हो । प्रहरी सहायक निरिक्षक मिश्रासंगै मदिरा सेवन गरेका अन्य दुइ जना प्रहरी जवानद्धय ताराचन्द चोधरी र राजाबाबू देवकाटोलाइ पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । मिश्रा सहित तीनै जना प्रहरीलाइ कलैया स्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको एक जना प्रहरी अधिकृतले बताएका छन । प्रहरी नायव उपरिक्षक अधिकारीले भने आफुलाइ घटना बारे केहि थाहा नभएको बताउनु भयो । स्थानीय
परतेयक्षदशीको  अनसुार , हरयौमा रहकेो बाल प्रगती निमावीका प्रधानाध्यापकगजेन्द्र बरलै अभिावक भलोमा आफलुाइ सघाएको भन्दै प्रहरी सहायक निरिक्षक मिश्रा सहितका प्रहरीलाइ हिजो बेलुका मदिरा सहितको भोज खुवाएका थिए । यसैबिच जिल्ला प्रहरी कार्यालय बारालमधुवन पह्ररी चाकैीको इन्चार्जमा प्रहरी सहायक निरिक्षक हरिन्द्र राउत कुर्मीलाइ पठाएको छ । यसैगरि प्रहरी जवान धिर बहादुर श्रेष्ठ र ध्रुब पौडेललाइ मधुवन प्रहरी चौकीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment