रौतहट विरुद्ध प्रचण्डको उर्दी: "गौर हत्याकाण्डको बदला लिन्छौं"

काठमाडौं, जेष्ठ ५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २०६३ साल चैत्रमा रौतहटको गौरमा भएको हत्याकाण्डको बदला लिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले लगायतका पार्टी त्यागेर एमाओवादी प्रवेश गरेकाहरुलाई आज पार्टी मूख्यालयमा स्वागत गर्दै दाहालले रौतहटमा माओवादीलाई दमन गर्ने नीति लिईएको भन्दै त्यसको बदला लिनुपर्ने बताएका हुन् ।
 
२०६३ साल चैत्रमा माओवादी र मधेशी जनअधिकार फोरमले गौरमा आयोजना गरेको समानान्तर कार्यक्रमका क्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । 

एमालेले विर्सजनवाद र आत्मसमर्पणवादको नीति लिएको भन्दै एमाले रौतहटका जिल्ला नेता राजकिशोर यादव लगायत झण्डै ६० जना आज एमाओवादीमा प्रवेश गरेका छन् । 

SHARE THIS

Author:

Facebook Comment