हाम्रा बराजुले भरुवा बन्दुक बोकेर भोकभोकै लडे एसिया, युरोप आदि देसमा लडे ! बाजेले थ्रिनट थ्री मार्का थ्री राइफल, बाले एसएलआर लिएर अनि छोराले अत्याधुनिक ए.के.४७ लिएर लड्या थिय र अझ पनि लड्दैछन ! बराजु, बाजे छोरा सबैले बिदेसिका लागि नै लडेका हुन ! बदलामा बहादुर 'गुर्खा' भनेर नाम कमाए ! छात्तिमा बीरताको तक्मा झुन्ड्याए त्यसैले अहिले पनि मलेसियामा नेपाली हैन 'गुर्खा' नै खोज्छन त किन ?
यो पंक्तिकारले पनि 'गुर्खा' भएर नै मलेसियामा सुरक्षा गार्ड मा नोकरी पाएको हो ! बराजु र बाजेले उहिले बहादुरी देखाथ्यो त्यहि भएर अहीले पनि त्यसैको धनधंगी बाकि छ ! ९ बर्ष भो 'गुर्खा' भा तर हाम्रो नेपालको राजनीतिक पार्टीका महाननेताज्यूहरुले जनताको छोराछोरी लाइ दिएको महान बन्द र हड्ताल रुपी शिक्षा अर्काको मुलुकमा लागु गर्न खोज्दा ज्यानले दुख पाउनुको साथ साथै अन्य नेपालीहरु समेतले समेत हेलाको दृस्टीले हेरिनु पर्ने भएको हुँदा हामिहरु अर्काको देसा गएर किन यस्तो अराजक काम कार्य गर्छौ ? काने च्याउ जस्तो चाम्रो चाइनिजको अगाडी बन्द, हड्तालले केहि असर गर्दैन ! मलेसियाको अधिकांस उधोग धन्दा, कम्पनीहरुमा चाइनिजमुलका मले हरुको बर्चस्व कायम छ ! आफुलाई मर्का परेको भए नेपाली दुताबास तथा पठाउने मेन पावर कम्पनि लाइ भन्नु पर्ने हो कि हैन ? मेरो नजरमा अर्काको देस लाइ नेपाल सम्झिएर बन्द, हड्ताल तथा तोडफोडमा उत्रिनु मूर्खतापूर्ण कार्य हो ! यो पंक्तिकारले ९ बर्षा धेरै तितो अनुभव संगालेको छ र अझै पनि संगाल्छु केहि बर्ष ! यो हामी नेपालीहरुको बाध्यता हो ! रहरले कोहि पनि बिदेसिएको हुदैन ! त्यसैले मलेसिया प्रबेस गर्ना साथ् सर्बप्रथम आफ्नो सेवा र सुबिधाको बारेमा खोजीनिती गर्नुस ! दिदैन पाउनु हुन्न भने भने पहिला सम्बन्धित मेनपावर र त्यसपछि नेपाली राजदुताबासमा खबर गर्नुस ! उहिलेको बीर गोर्खाली बन्न खोज्नु भो भने परार साल बंगाली र भियतनामी लाइ मलेसिया प्रबेसमा रोक लगाको नियति अन्य नेपालीले पनि भोग्नु पर्ला ! मलेसियालीले नेपाली लाइ अहिले सम्म बहादुर, सिधा र सोझो भनेर हेर्ने गरेका छन ! |"बुझ्ने लाइ श्रीखण्ड नबुझ्ने लाइ खुर्पाको बिड" जस्तै हो यो लेखाइ ! सबै लाइ अनुरोधह छ हल्ला र भ्रमको खेति फैलाएर देस र जनताको बदनामी गर्ने कोसिस कसैले पनि नगरम !